कोरोना भाइरसबाट बच्न विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क

  • प्रकाशित मितिः चैत्र ८, २०७६
  • 1026 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ८–कोरोना भाइरस महामारीबाट जोगिन जिल्लाका विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क राखिएका छन् । जिल्लाका करिब आधा दर्जन ठाउ“हरुमा हेल्प डेस्क राखिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको जयरामघाट र रेग्मीटार चैत ८ गते हेल्प डेस्क राखिएको छ । जयराममा करिब १५ सय जनाले स्वास्थ्य परीक्षण गरेको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । यस बाहेक ऐसेलुखर्क गाउ“पालिकाको ऐसेलुखर्क बजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल रत्नपार्कमा समेत चैत ८ गते नै हेल्प डेस्क राखिएको छ ।
जिल्लाको दक्षिणी नाका बङ्सिलाघाट र रसुवाघाटमा समेत हेल्प डेस्क राखिएको छ । हेल्प डेस्क राखिएका ठाउ“हरुमा सुरक्षाकर्मी समेत खटाइएको प्रजिअ शर्मा पौडेलले बताए । उनका अनुसार अन्य पालिकाहरुमा पनि हेल्प डेस्क राख्न निर्देशन दिइएको छ । हलेसीमा चैत ७ गते नै हेल्प डेस्क राखिएको छ । कोरोना भाइरसबाट बच्न हलेसी गुफामा पूजाआराधनामा रोक लगाइएको छ । महामारीका कारण आगामी चैत २० गतेको रामनवमी मेला समेत बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले सुनाए । हलेसी तुवाचुङ नगरपालिका, हलेसी मन्दिर व्यवस्थापन समिति र सुरक्षा निकायको सुक्रबार बसेको संयुक्त बैठकले तीर्थालुलाई गुफाभित्र प्रवेश गरेर पूजाआराधना गर्न रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित