नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ४–कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा भर्ना गरेर छुट्टै राखेर उपचार गर्नका लागि अस्पतालले तीन शैयाको आइसोलेसन वार्ड स्थापना गरेको हो ।
संक्रमित फेला परेको अवस्थामा र अन्य व्यक्तिलाई सर्न नदिन पूर्वतयारी स्वरुप आइसोलेसन वार्ड व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । ‘कुनै बेला त्यस्ता बिरामी देखा परेमा स्वास्थ्य परीक्षण र उपचार गर्न आइसोलेसन वार्ड आवश्यक पर्छ ।’ चाम्लिङले भने–‘सम्भावित खतरालाई ध्यानमा राखेर स्थापना गरिएको आइसोलेसन वार्डका लागि आवश्यक औषधि समेत स्टक राखिएको छ ।’
मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएपछि जिल्ला प्रवेश गर्ने प्रमुख नाकामा स्वास्थ्य परीक्षण गृह (हेल्प डेस्क) स्थापना गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । ‘हेल्प डेस्कका लागि आवश्यक सामग्री ल्याउन दुई जना कर्मचारी काठमाडौँ पठाएका छौँ ।’ सिग्देलले भने–‘आवश्यक सामग्री आएलगत्तै प्रमुख नाकाहरु जयरामघाट, हलेसी, फोक्सिङटार, बङ्शिलाघाट लगायतका ठाउँमा हेल्प डेस्क स्थापना गरिनेछ ।’
हेल्प डेस्क तथा आइसोलेसन वार्डका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री समेत झिकाइएको अस्पताल स्रोतले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कोरोनाको कुनै संक्रमित नरहेको र हल्लाको पछाडि नलाग्न जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. सैलेश श्रेष्ठले आग्रह गरे ।
जिल्लामा केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित बिरामी रहेको हल्ला फैलिएपछि निराकरण गर्न जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले जिल्लामा क्रियाशील पत्रकारसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा कोरोनाको बिरामी भेटिएको भन्ने हल्ला तथ्यहीन भएको अन्तरक्रियामा सहभागी प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दाबी गरे ।
बजारमा हल्ला फैलिएपछि बिरामी भनिएका व्यक्तिलाई आफैले भेटेको र उनमा कुनै लक्षण नदेखिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘बिरामी भनिएका व्यक्ति चिनबाट फर्किएका चाँही हो ।’ रिजालले भने–‘फागुन–१४ गते नेपाल फर्किएका उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको परिवारले बताएका छन् ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित