(कविता) प्रश्न

  • प्रकाशित मितिः असार ३१, २०७५
  • 1447 पटक पढिएको
  • संवादताता

जीवन ज्वाला-
एउटा युग
एउटा इतिहास
त्यो निर्धक्क
पभाव बिहीन
प्रलोभन बिहीन
भूत...को
साक्षी बक्छ
साक्षी बक्नु पर्छ
रातो–रातो रगतको खोला बगेको
तातो–तातो उर्जाको हत्या गरेको
बिस्फोट...ध्वस्त
पुननिर्माण योजनाको कुरा
समता, समुलताको
बिगुल फुकेको कुरा
र विभेदकारी का“डाको जरैैैउखेली
न्यायको बृक्षरोपण गर्ने कुरा
एक एक गरेर
साचो साचो बक्नै पर्छ
त्यो युगले
त्यो इतिहासले
ज–जसले डेढ दशककक
द्वन्द्वात्मक गर्भ बोके
उसले नै सत्य सत्य बक्नै पर्छ
ती रातो रगतको ध्यय
ती रातो जोशको बलिदान
ती आमाको त्याग
ती बाबुको समर्पण
ती भाउजुको धैर्यता
के का लागि थिए र छ
ए...महाशय
सिर्फ नजर अन्दाज लाउने?
उसको अन्तर आत्मामा
बास बस्न सक्यौ हामी?
उह केही टुटफुट हुन सक्छ यहा“
केही छुटपुट हुन सक्छ
महाशय
तिमीले उसले र मैले
के के सही ग¥यौं र गर्दै छौं?
के के गलत ग¥यौं र गर्दै छौं?
मुल्याङ्कनको घडि हो यो
त्यसैले
ए युग
ए इतिहास
मेरो बारेमा पनि
साचो साचो बकि देउन
म सुध्रन चाहन्छु
म परिवर्तन हुन चाहन्छु
महाशय
तिनीहरु मौन बस्नु
हामीलाई स्वीकानु होइन
ति त सिर्फ धैर्यता हो
ति त अपेक्षा हो
ति अपेक्षा म¥यो भने
ति धैर्यताको बाध फुट्यो भने
तिनीहरु उर्लन सक्छ
तिनीहरु सल्कन सक्छ
हामीलाई बगाउन सक्छ
हामीलाई जलाउन सक्छ
र नरहन सक्छौं हामी
त्यसैले...महाशय
अब आजैबाट
त्यो नकारात्मक
त्यो अकर्मण्यता
त्यो अराजक
त्यो ब्रम्हलुट
त्यो दादागिरी
सबैलाई माया मारेर
सबैलाई ठ्याक्कै त्यागेर
नया“बाटोमा लागे कसो होला?
नया“ काममा जुटे कसो होला?
जहा“ फुलोस
सबैको साझा अपेक्षा
जहा“ खुलोस
फराकिलो बन्द ढोकाहरु
जहा“ फलोस
लटरम्म समृद्धिका झुप्पाहरु
यसो भयो भने
त्यो रातो रातो रगतको
तातो तातो उर्जाको
र त्यो कोशी पसिनाको
मुल्य चुक्ता हुन सक्छ कि?
यो अभियानमा हेलियौ भने
मात्र एउटै साझा सपना
देख्यौ भने
त्यो समाजवाद
त्यो साम्यवाद
कति टाढा होला र?
के नफुल्ला र त्यो सुन्दर सपना?
न खुल्ला र निलो आकाश?
न बोल्ला र त्यो इतिहास?
ए महाशय
एउटा अन्तिम प्रयत्न गरौन ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, खोटाङ
प्रकाशित मिति २०७५ असार ३१

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित