अब गाउ“मै गर्भ जा“च

  • प्रकाशित मितिः चैत २, २०७६
  • 1494 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २–हलेसी तुवाचुङ नगरपालिकामा अब गाउ“मै गर्भ जा“च हुने भएको छ । नगरपालिकाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएपछि गाउ“मै गर्भ जा“च हुने भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईका अनुसार गर्भमा भएको बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, साथीको अवस्था, पानीको मात्रा लगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्व जानकारी लिन एक थान एक्स्–रे मेसिन उपलब्ध गराइएको हो । उक्त मेसिन दुर्छिमस्थित स्वास्थ्य चौकीलाई गत फागुन २९ गते उपलब्ध गराइएको हो ।
उक्त मेसिनले नगरपालिकाका ११ वटै वडामा एक्स्–रे गरिने छ । तालिका बनाएर प्रत्येक वडामा मेसिनबाट गर्भ जा“च गरिने छ । उक्त मेसिन चलाउ“न तालिम प्राप्त अनमीलाई खटाइने नगरप्रमुख राईले सुनाए । उक्त स्वास्थ्यकर्मीलाई भिडियो एक्स–रेसम्वन्धी २१ दिन तालिम दिलाइएको नगरप्रमुख राईले सुनाए । यसले नगरपालिका क्षेत्रभित्रका महिला उत्साहित छन् ।
नगरपालिकामा वार्षिक अनुमानित साडे पा“च सय जना गर्भवती महिलाको गाउ“मै पुगेर गर्भ जा“च गरिने नगरप्रमुख राईले बताए । ‘गर्भ जा“चका लागि जिल्ला अस्पताल दिक्तेल अथवा ओखलढुङ्गा जानुपर्ने वाध्यता अन्त्य भएको छ ।’ नगरप्रमुख राईले भने–‘मेसिन भएपछि गर्भको बच्चा उल्टो छ कि सुल्टो छ, सपाङ्ग छ कि अपाङ्ग, गाउ“कै बर्थिङ सेन्टरमा सुत्केरी गराउ“न सकिन्छ कि सकिन्न भन्ने थाहा हुन्छ, यसले गर्भवतीको स्वास्थ्यमा जटिलता देखिए रेफर गर्ने काम पनि हुन्छ ।’
ग्रामीण क्षेत्रका गर्भवती महिलाका लागि भिडियो एक्स–रे प्रोग्राम अन्तरगत नगरपालिकाले झोलामा बोकेर हि“ड्न मिल्ने यूएसजी नामको भिडियो एक्स–रे मेसिनको व्यवस्था गरेको हो । तीन वर्षअघि वनहर्टले प्रदान गरेको भिडियो एक्स–रे मेसिन डेढ वर्षअघि नै बिग्रेको र तालिम प्राप्त स्वास्थ्यकर्मी पनि सरुवा भएकाले फेरि एक्स्–रे मेसिन उपलब्ध गराउ“नुका साथै स्वास्थ्यकर्मीलाई तालिम दिइएको नगरप्रमुख राईको भनाई छ ।
यूएसजीका कारण गर्भवती महिला र गर्भको बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन वातावरण बनेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगतले बताए । मेसिनको सहायताले नर्मल रुपमा सुत्केरी हुने–नहुने विषय समेत पहिल्यै थाहा पाउन सकिने भएकाले खतरामा परेका गर्भवतीलाई तत्काल रेफर गर्न सहज भएको भगतले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित