दिक्तेल अस्पतालमा रक्त सञ्चार केन्द्र

  • प्रकाशित मितिः फाल्गुन २५, २०७६
  • 946 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २५–जिल्ला अस्पताल खोटाङमा रक्त सञ्चार केन्द्र सुरु भएको छ । फागुन २५ गते विधिवत उद्घाटनपछि रक्त सञ्चार केन्द्र सुरु भएको हो ।
उक्त सञ्चार केन्द्रको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकेट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल लगायतले रक्तदान गरी उद्घाटन गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक लगानी, जिल्ला अस्पताल खोटाङको सहकार्य र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङले रक्त सञ्चार केन्द्र सञ्चालन गरेको हो ।
रक्त सञ्चार केन्द्रमा आठ पिन्ट रगत संचित रहने छ । यो रगत १५ दिनसम्म राख्न सकिने छ । उक्त रगत खपत नभए भक्तपुरस्थित रक्त सञ्चार केन्द्रमा पठाइने छ । जिल्ला अस्पतालमा मासिक करिब पा“चदेखि दश पिन्ट उपयोग हुदै आएको छ । यसका लागि रगत आवश्यक पर्दा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीलाई माग्नु पर्ने अवस्था थियो ।
उक्त रक्त सञ्चार केन्द्रमा नगरपालिकाका दुई जना र जिल्ला अस्पतालका एक जना कर्मचारी राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए । उनका अनुसार एक अहेब, एक ल्याव अशिष्टेण्ड र जिल्ला अस्पतालका ल्याब टेक्निसियनलाई खटाइएको छ । तीन मध्ये अहेब र ल्याव अशिष्टेण्डलाई तलब र ल्याब टेक्निसियनलाई भत्ताको व्यवस्था गरिएको आचार्यले सुनाए । स्वास्थ्यकर्मी तथा अन्य उपकरणका लागि करिब आठ लाख खर्च भएको समेत आचार्यले जनाए ।
रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको र थप आधुनिक उपकरण आवश्यक परे नगरपालिकाले खरिद गरिदिने नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाकै लगानीमा रक्त सञ्चार भवन निर्माण भएको हो । यसका लागि नगरपालिकाको करिब ४४ लाख रुपैया“ खर्च भएको नगरप्रमुख रिजालले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित