बस दुर्घघटना

  • प्रकाशित मितिः फाल्गुन २३, २०७६
  • 1067 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–

खोटाङ, फागुन २३–उदयपुरको गाइघाटबाट दिक्तेल आउदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको लुकुवाभीरमा फागुन २३ गते विहान साडे सात बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । यात्रु दिसा–पिसावका लागि रोकेर राखेको बस आड खुस्किएर करिब दुई सय मिटर तल झरेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश ००२ ख ००२७ नम्बरको बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । उक्त बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ कदुवाका सुमन कार्कीको हो । चालक पनि कार्की आफैं हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित