सभा, समारोह नगर्न र भीड–भाडमा नजान आग्रह

  • प्रकाशित मितिः फाल्गुन २३, २०७६
  • 1247 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २३–जिल्ला प्रशासन कार्यालय खोटाङले सभा, समारोह नगर्न र भीडभाडमा नजान आग्रह गरेको छ । कोरोना भाइरसबाट जोगिन सभा, समारोह, भेला, पर्व, जात्रा लगायतका गतिविधि नगर्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईद्वारा हस्ताक्षरित सूचनामा व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार कोरोना भाइरसबाट जोगिन सबै सर्वसाधारणमा यो अपिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित