महोत्सव कि मेला ?

  • प्रकाशित मितिः फाल्गुन २१, २०७६
  • 1099 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युगसन किरातीले खोटाङ महोत्सवमा करिब ४० हजार रुपैया“को कारोबार गरे । उनले किराती भेषभूषा र अन्य सामग्रीबाट यत्तिको कारोबार गरेको हो । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फारमका प्रोप्राइटर शुभचन्द्र राईले दुई लाख बढी करोबार गरे । उनले किवी, किवीबाट बनेका सुकुटी, तितौरा (माडा), जुस, जाम, अचार, स्क्वास, क्याण्डी, आइसक्रिम, कुल्फी लगायतका कारोबारबाट यत्तिको कारोबार गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका भीमबहादुर विश्वकर्मा भने आफूले निर्माण गरेका विभिन्न कलायुक्त सामग्री विक्री नहुदा निरास बने । उनले बा“सको जराबाट निर्मित विभिन्न कला तथा घगरु“को लाठी लगायतका अन्य सामग्री विक्री नभएपछि निरास बनेका हुन् ।
भीमबहादुरजस्तै दिक्तेलबजारका व्यवसायीहरु समेत निरास बने । घरमै आफ्नो व्यवसाय चल्छ भन्ने सोचेका अधिकांश व्यवसायीको व्यापार चौपट भएपछि निरास बनेका हुन् । महोत्सवमा बाहिरबाट व्यवसायी आएको र दिक्तेल बजारको भन्दा सस्तोमा सामान विक्री गरेपछि बजारका व्यवसायी चिन्तित बनेका हुन् । 
महोत्सवले जिल्लाको अर्थतन्त्र धरापमा पारेको स्थानीयले गुनासो गरेका छन् । खोटाङ उद्योग वाणिज्य संघले फागुन २ गतेदेखि १२ गतेसम्म दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको महोत्सवले अर्थतन्त्र धरापमा पारेको स्थानीयले गुनासो गरेका हुन् ।
महोत्सवमा स्थानीय उत्पादनको स्टलहरु राखिनु पर्नेमा बाहिरका राखिएकाले ठूलो मात्रमा जिल्लाको पैसा बाहिरिएकाले अर्थतन्त्र धरापमा परेको नेपाल अफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैजूले बताए । उनका अनुसार आयोजकले नै महोत्सवलाई मेलाको रुपमा बुझेकाले यस्तो समस्या आएको हो । ‘महोत्सव र मेला भन्ने पनि आयोजकलाई थाहा छैन रैछ ।’ सैजूले भने–‘आयातित् ब्यापारीहरुले खोटाङको पैसा कुम्ल्याएर लगे ।’ सैजूले थपे–‘महोत्सवले दीर्घकालीन फाइदा गर्नु पर्नेमा पूरै अर्थतन्त्र धरापमा पारिदियो ।’
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईका अनुसार महोत्सवमा एक करोड ५३ लाख बराबरको कारोबार भएको छ । यसमध्ये विभिन्न एक सय २० स्टलबाट एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कार लगायत मनोरञ्जनको साधनबाट २० लाख, होटल व्यवसायबाट १५ लाख, टिकट बिक्रीबाट १५ लाख ३० हजार र यातायात सेवामा तीन लाख बराबरको कारोबार भएको राईले सुनाए । आयोजकले एक अर्बको कारोबार हुने प्रक्षेपण गरे पनि कारोबारमा यत्तिको कमी हुनुमा अदुरदर्शीताका कारण भएको सैजूको भनाई छ । महोत्सवमा एक लाख भन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य लिए पनि करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ । 
महोत्सवको नारा ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने राखिए पनि त्यसको कुनै प्रभाव नपरेको खोटाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सैजूले बताए । खोटाङको आर्थिक तथा सामाजिक विकास गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी लगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउ“ने लक्ष्य राखिए पनि त्यस अनुसार हुन नसकेको सैजूको तर्क छ । उनका अनुसार महोत्सवमा राखिएको एक सय २० एस्टलमध्ये खोटाङमा उत्पादित सात वटा मात्र थियो । ‘स्थानीय उत्पादन र बजारीकरणको दीर्घकालीन योजना आउनु पथ्र्यो त्यो आएन ।’ 
यसबाहेक विश्वप्रशिद्ध हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढी लगायतका धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने लक्ष्य राखिए पनि त्यस ठाउ“हरुमा पर्यटक नपुगेको सैजूले जनाए । यसका लागि विशेष योजना सहितको प्याकेज बनाउ“नु पर्नेमा हावादारीमा हल्ला मात्र गरिएको सैजूले बताए । ‘पर्यटन भन्ने विषय हल्ला गरेर मात्र हुन्न ।’ सैजूले भने–‘यसका लागि व्यवथापकीय पक्ष महत्वपूर्ण हुन्छ ।’
त्यसो त महोत्सवका लागि ल्याइएका कलाकारहरु समेत ठूलो रकम खर्चिनु परेको छ । राजेशपायल राई, राजनराज सिवाकोटी, बद्री पगेनी, रमेशराज भट्टराई, कमल खत्री, ज्योति मगर, दुर्गेश थापा, उल्सन श्रेष्ठ लगायतका थुप्रै कालाकारहरुका लागि करिब १२ लाख रुपैया“ जति खर्च भएको वाणिज्य अध्यक्ष राईले सुनाए । यो सहित अन्य खर्च गरी आयोजकको करिब ६० लाखको हाराहारीमा खर्च भएको राईले जनाए ।
स्थानीयले भने मारुनी, साकेला, बालन, संगीनी, हाकपारे लगायतका लोपोन्मुख संस्कृतिको प्रबद्र्धन गर्नु पर्नेमा चलेका छाडा गीतहरुलाई स्थान दिइएकाले महोत्सव अनुत्पादक बनेको गुनासो गरेका छन् । ‘चलेका कलाकारहरुको प्रस्तुति त युटुवमै पाइहालिन्छ ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बम बानियाले भने–‘त्यसैले यो महोत्सव होइन, यो एउटा जात्रा मात्र हो ।’
आयोजकले भने स्थानीय ब्यापारीका लागि घाटा भए पनि सर्वसाधारणका लागि भने फाइदा भएको जनाएको छ । ‘मेलामा बाहिरबाट ल्याएका जुत्ताचप्पल र लत्ताकपडाहरु सस्तोमा दिएकाले जिल्लाका व्यवसायीहरुलाई असर परेको देखिन्छ ।’ एक पदाधिकारीले भने–‘तर सर्वसाधारणका लागि भने महोत्सव उपलब्धि मुलक भएको देखिन्छ ।’महोत्सवका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दश लाख उपलब्ध गराएको आयोजकले जनाएको छ । उक्त महोत्सवको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित