प्राथमिकतामा पूर्वाधार

  • प्रकाशित मितिः असार ३१, २०७५
  • 1281 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार ३१–अधिकांश पालिकाहरुले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम पारित गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम पारित गरेका हुन् । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ६८ करोड ६९ लाख ९६ हजार रुपैया“को बजेट पारित गरेको छ । असार २९ गते आयोजित दोश्रो नगरसभाले यत्तिको बजेट पारित गरेको हो । उपप्रमुख विणादेवी राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा आन्तरिक आय ४५ लाख, संघीय सरकार राजस्व बाडफाडतर्फबाट प्राप्त हुने अनुमानित दश करोड तीन लाख २४ हजार, वित्तीय समानीकरण अनुदान १४ करोड नौ लाख र सशर्त अनुदान ४१ करोड ५९ लाख, प्रादेशिक सरकार राजस्व बांडफांड तर्फबाट प्राप्त हुने अनुमानित पा“च लाख, वित्तीय समानीकरण अनुदान ३९ लाख ७२ हजार र सशर्त अनुदानतर्फ दुई करोड गरी ६८ करोड ६० लाख ९६ हजारको बजेट तथा कार्यक्रम पारित भएको हो । 
यसमध्ये पूर्वाधारतर्फ स्थानीय गौरवका सडक योजनाहरु सन्चालनका लागि एक करोड ३५ लाख, पूर्वाधार विकास क्रमागत योजनाहरुलाई सम्पन्न गर्न एकमुष्ट एक करोड १५ लाख गरी समग्र पूर्वाधार विकास क्षेत्र तर्फ कुल रकम रु.७ करोड ९६ लाख ९५ हजार बजेट बिनियोजन गरिएको हो । 
सामाजिक विकास अन्तरगत नगरवासीको गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य एबम् पोषण, स्वच्छ पिउने पानी तथा सरसफाइकोे सुविधामा पहु“च, खेलकुदको विकास युवा परिचालन तथा प्रवद्र्धनका साथै लैङ्गिक समानतामा जोड दिइएको छ । सामाजिक समावेशीकरण सुनिश्चित गरी नगरवासीलाई आधारभूत सामाजिक सेवा, संरक्षण र सुरक्षा उपलब्ध गराउने उद्देश्यका साथ जेष्ठ नागरिक, अपाङ्गता, एकल महिला र दलित वालवालिका लगायतका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भक्ता प्रदान गर्ने व्यवस्थाको सम्बोधन गरिएको छ । 
सामाजिक विकास अन्तरगत युवा मैत्री नगर विकासका लागि खेलकुदका कार्यक्रमहरुलाई निरन्तरता दिने नगरपालिका क्षेत्र भित्र शिघ्र कुपोषित वालवालिकाहरु पहिचान र छनौट गरी बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाउने, नगरपालिकालाई महिलामैत्री नगरपालिकाको रुपमा स्थापित गराउने, महिला हिंसालाई न्युनीकरण गर्ने, महिलाहरुलाई आर्थिक, राजनीतिक र सामाजिक रुपमा सवल र सक्षम बनाउदै महिला सशक्तीकरण गर्ने, उपप्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम पारित गरिएको छ । यसका लागि ११ करोड ७९ लाख छ हजार आठ सय रुपैया विनियोजन भएको छ ।
आर्थिक विकास अन्तरगत कृषिजन्य उत्पादन, वन पैदावार लगायतका स्थानीय स्रोत साधन तथा मौलिक सीपमा आधारित लघु, घरेलु तथा साना उद्योग स्थापना र प्रोत्साहन गर्दै उद्योग व्यापार तथा सेवा क्षेत्रलाई सक्षम बनाउने लक्ष्य लिएको छ । यसमा सम्भाव्यताका आधारमा एक वडा न्युनतम एक उत्पादन पकेट स्थापना गरी उत्पादन प्रवद्र्धन गर्न कृषि व्लक तथा पकेट विकास कार्यक्रमका लागि २७ लाख बजेट विनियोजन भएको छ । 
वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूका लागि लक्षित नगर स्तरीय नमूना कृषि उद्यमि कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था मिलाउने नीति पारित भएको छ । नगरपालिका रसायनिक मलमा ढुवानी अनुदान दिने व्यवस्था मिलाउने योजना पारित भएको छ । नगरमा औद्योगिक विकास प्रवद्र्धनका लागी  नगर महोत्सव तथा औधोगीक प्रर्दशनी गर्न आवश्यक बजेट सहीत कार्यक्रमको व्यवस्था मिलाउने नीति पारित गरिएको छ । आर्थिक विकासका लागि एक करोड ८९ लाख ४५ हजार बजेट बिनियोन गरेको छ । वन वातावारण तथा सरसफाइका लागि ६५ लाख २६ हजार तीन सय ९५ रुपैयाको बजेट विनियोजन गरेको छ ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ४४ करोड ५४ लाख ३७ हजार रुपैया“ बजेट बिनियोजन गरेको छ । सडक, विद्युत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता राख्दै असार २९ गते उपप्रमुख बिमला राईले यत्तिको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभाले चालुतर्फ चार करोड ९५ लाख ७१ हजार सात सय ५०, पूजी“गततर्फ १४ करोड ४३ लाख २७ हजार सात सय ५० रुपैयाँ बजेट बिनियोजन गरेको हो । नगरपालिकाले सडकमा चार करोड ५७ लाख पा“च हजार, विद्युतमा ११ करोड एक लाख ८० हजार, पशु तथा कृषिमा १३ करोड ९१ लाख नौ हजार, संस्कृति तथा पर्यटनमा ९५ लाख २० हजार, खानेपानी तथा सिचाइमा ७१ लाख ९४ हजार दुई सय २०, युवा उद्यमीका लागि ६० लाख ४० हजार आठ सय, महिला तथा बालबालिकाका लागि ५६ लाख ८३ हजार बजेट बिनियोजन गरेको हो । 
यस्तै स्वास्थ्यका लागि ५८ लाख ७५ हजार, खेलकुदलाई २९ लाख ६० हजार, शिक्षामा ४० लाख ५० हजार, भवन निर्माणमा ४० लाख, नगर प्रोफाईलका लागि ११ लाख, मर्मत सम्भारलाई ४० लाख, जनजातितर्फ १२ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।
ऐसेलुखर्क गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७५ ÷ ०७६ का लागि २८ करोड ५६ लाख आठ हजार नौ सय ८७ रुपैया“को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार २७ गते भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै पालिका उपाध्यक्ष पुष्पकला भुजेलले यत्तिको बजेट  तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यसअन्तरगत सडक, विद्युत, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतलाई प्राथमिकतामा राखिएको छ ।
गाउ“पालिकासभाले सशर्त अनुदानतर्फ १३ करोड ७० लाख, चालु खर्चतर्फ चार करोड ५१ लाख ४५ हजार, पा“च सय, वडा स्तरमा सञ्चालन हुने पूजी“गततर्फ पा“च करोड ४३ लाख ५० हजार र गाउ“पालिकास्तरमा सञ्चालन हुने पूजी“गततर्फ चार करोड ९१ लाख १३ हजार चार सय ८७ रुपैया“ बजेट बिनियोजन गरेको छ । गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई प्राथमिकता दिदै गाउ“पालिकाले सडकमा पा“च करोड भन्दामाथि, विद्युतमा एक करोड भन्दामाथि, स्वास्थ्यमा करिब ५० लाख, शिक्षामा ५२ लाख र सूचना तथा सञ्चार प्रविधिमा १५ लाख बजेट छुट्ट्याइएको गाउ“पालिकाका कार्यकारी अधिकृत जीवन निरौलाले बताए । 
गाउ“पालिकाको वडा नम्बर १ राखाबाङदेलमा रहेको बाहाने पोखरी, वडा नं. २ वाकाचोलमा अवस्थित देउराली पोखरी, वडा नम्बर ७ माक्पामा रहेको माकिपा मन्दिर र वडा नम्बर ४ जलेश्वरीमा अवस्थित दखम्लुडा“डालाई थप व्यवस्थित गरी पर्यटन प्रर्बद्धनका लागि ३० लाख, खेलकुदमा १५ लाख र कृषिमा ५० लाख करोड बजेट बिनियोजन गरिएको छ । यो पालिकाका सातै वडाका लागि समपूरक कोष (म्याचिङ फण्ट)मा ७० लाख रकम छुट्टयाइएको छ । महिला लक्षित कार्यक्रममा २० लाख रकम बिनियोजन गरिएको छ ।
खोटेहाङ गाउ“पालिकाले सडकलाई प्राथमिकतामा राखेर खोटेहाङ गाउ“पालिकाले झण्डै ३० करोडको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम असार २८ गते पारित गरेको हो । असार २८ गते आयोजित गाउ“सभाले निशर्ततर्फ केन्द्र सरकारबाट आएको १५ करोड २९ लाख र प्रदेश सरकारबाट प्राप्त भएको ३३ लाख तथा सशर्ततर्फ १४ करोड ३१ लाख बजेट बिनियोजन गरेको गाउँपालिका प्रमुख प्रदीप राईले बताए । गाउँसभाको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका हुन् । 
गाउ“सभाले निशर्त अनुदानमध्येबाट पूजी“गततर्फ दश करोड ७४ लाख ९० हजार पा“च सय र चालुतर्फ चार करोड ७१ लाख ६३ हजार पा“च सय रुपैया“ बजेट बिनियोजन गरेको गाउ“पालिकाका प्रवक्ता शिव फुया“लले बताए । पूजी“गततर्फको बजेटबाट सबैभन्दा बढी बजेट सडक निर्माणका लागि बिनियोजन गरिएको छ । 
सडक निर्माणसम्वन्धी ठूला आयोजनाका लागि एक करोड ८० लाख ७७ हजार विनियोजन गरिएको गाउ“पालिकाले जनाएको छ । गाउ“सभाले गाउ“पालिका, वडा कार्यालय र विद्यालय भवन निर्माण, सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराईले गाउ“पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई फलदायी बनाउन सुझाव दिएका छन् ।
रावाबेसी गाउ“पालिकाले २१ करोड २१ लाख ८४ हजार सात सय रुपैयाको बजेट पारित गरेको छ । असार २९ गते सम्पन्न दोश्रो गाउसभाले यत्तिको बजेट पारित गरेको हो । पालिका उपाध्यक्ष समला राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम अनुसार भौतिक पूर्वाधारमा दुई करोड ५६ लाख २७ हजार, सामाजिक विकासमा ७६ लाख ८८ हजार दुई सय ३५, आर्थिक विकासमा ७६ लाख ८८ हजार दुई सय ३५, वन वातावरण तथा विपद् व्यवस्थापनमा आठ लाख ५४ हजार दुई सय ४८, सुशासन तथा संस्थागत विकासमा आठ लाख ५४ हजार दुई सय, समपूरक कोष ४० लाख बिनियोजन गरिएको छ । 
हाइड्रोनिक ट्याक्टर खरिद २४ लाख, पूजी“गत अनुसन्धान तथा परामर्श आठ लाख, वडा स्तरीय ठूला पूर्वाधार कार्यक्रम म्याचिङ ६३ लाख ५० हजार, वडागत विकास निर्माण योजनाहरु एक करोड ५० लाख गरी यत्तिको बजेट विनियोजन गरिएको हो । 
चालुतर्फ चार करोड ५४ लाख ७२ हजार दुई सय ८० रुपैया विनियोजन गरिएको छ । यसबाट विभिन्न कार्यक्रमका लागि एक करोड ४९ लाख ५० हजार छुट्टयाइएको छ । अन्य बजेट सञ्चालन खर्च, प्रशासनिक खर्च, तलब भत्तामा खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत प्रज्ज्वल घिमिरेले बताए । यो पालिकाको विषयगत सशर्त अनुदान दश करोड १८ लाख भएको घिमिरेले जनाए ।  
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गाभिने माग :
यसैबीच पोखरी, चापखर्क, पैया“, गोपेनी लगायतका बासिन्दाले रावाबेसी गाउ“पालिका अपायक पर्ने भन्दै दिक्तेलमा गाभिने माग गरेका छन् । यसबारेमा भौगोलिक लगायतका अन्य अध्ययन गरी त्यसको सम्वोधन गर्ने प्रतिबद्धता जाहेर भएको घिमिरेले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित