बहानेपोखरी महोत्सवमा ४० लाख कारोबार

  • प्रकाशित मितिः फाल्गुन २०, २०७६
  • 957 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २०–ऐसेलुखर्क गाउ“पालिका वडा नं १ राखावाङ्देलस्थित बहानेपाखेरी महोत्सवमा करिब ४० लाखको कारोबार भएको छ । फागन १३ देखि १७ गतेसम्म भएको महोत्सवमा यत्तिको कारोबार भएको हो ।
उक्त महोत्सवको करिब ३० हजारले अवलोकन गर्ने लक्ष्य लिइए पनि आठ हजारले मात्र अवलोकन गरेको महोत्सव आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए । उनका अनुसार उक्त महोत्सवमा ५० लाखको कारोबार गर्ने लक्ष्य राखिएको थियो । उक्त महोत्सव प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फागुन १३ गते उद्घाटन गरेका थिए ।
प्रतिकुल मौसमका कारण सोचेजति अवलोकन हुन नसेको आयोजकको निश्कर्ष छ । महोत्सवमा अर्गानिक कृषि उपज, स्थानीय खानाका परिकार लगायतको ३६ वटा स्टल राखिएको थियो । ‘महोत्सव उद्घाटन हुनसाथ झरि पर्न सुरु ग¥यो ।’ महोत्सव आयोजक समितिका संयोजक राईले भने–‘त्यसले महोत्सवका लागि ठूलो असर ग¥यो ।’ उनले थपे–‘सोचजस्तो केही पनि भएन ।’
महोत्सवको अवसरमा सहभागीले बहाने पोखरी अवलोकन, शफेढुङ्गा, नागढुङ्गा, स्तुपा, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौंरी तथा याकको अवलोकन, लालीगुरा“स, चिमाल फूलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्राको अनुभव संगालेका छन् । महोत्सवको अवसरमा मिनि–म्याराथन, वडास्तरीय महिलारपुरुष भलिवल, खुल्ला पुरुष डबल ब्याटमिन्टन, खुल्ला बुद्धिचाल, खुल्ला लोकदोहोरी लगायतका प्रतियोगिता गरिएको ऐसेलुखर्क गाउ“पालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 
पर्यटनको सम्भावना राम्रो रहे पनि  ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । पूर्वतर्फ शङ्खढुङ्गा, नागढुङ्गा, स्तुपा र त्यसभन्दा केही माथि विविध आकृतिका संरचना खेख्न सकिन्छ ।  बहानेपोखरीमा जनै पूर्णिमा र मङ्सिरे पूर्णिमाको बेला धामी झा“क्री सहितका तीर्थालुको ओइरो लाग्छ ।
बहानेपोखरीका आसपासमा चौरी गाई र भेडा पालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्न सकिने अध्यक्ष निरौलाले सुनाए । ‘बहानेपोखरीमा नया“ वर्ष लगायतका अवसरमा खुब रमाइलो हुन्छ ।’ अध्यक्ष निरौलाले भने–‘पर्यटन विकासको सम्भावना बोकेकाले महोत्सव आयोजना गरिएको हो ।’ उनले थपे–‘यसको प्रचार–प्रसार गरेर समृद्धिको ढोका खोल्न पनि महोत्सव आयोजना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित