सविना अछामे–
खोटाङ, फागुन १९–सपनाहरु सबै एकैनासे हुदैनन् । कतिको सपना अन्तरिक्षमा उड्ने होला, कतिको हात–मुख जोड्ने । यसै मेसोमा एउटा झरिलो सपना बोकेर एक हुल महिलाहरु दिक्तेल–खानीडाडा“ सडक किनारमा गिटी कुटिरहेका छन् ।
स्थानीय मन्जिता विश्वकर्मा भन्छिन्–‘गुजारा चलाउ“न मुस्किल छ ।’ उनले भनिन्–‘एक ट्रयाक्टर गिटी तयार पार्न दुई जनालाई पा“च छ दिन लाग्छ ।’ उनका आठ महिनाको काखे बालक सहित, श्रीमान र उनकी बहिनीसंग दिनहु गिटी कुट्ने गर्छिन् । विश्वकर्माका अनुसार एक ट्याक्टर गिटी तयार गरे वापत चार हजार रुपैया“ पाउ“छन् । यसले घर खर्चको जोहो हुन्छ । काम कठिन भए पनि वाध्यताले यो पेशा अपनाएको विश्वकर्माको भनाई छ ।
मन्जिताजस्तै अन्य थुप्रैले गिटी कुटिरहेका छन् । बालबालिकादेखि बृद्धसम्मले हातमा हथौडाको साथमा गिटी बनाइरहेका छन् । जिल्लामा करिब पा“च सय कामदार गिटी कुटेर जीविकापार्जन गर्ने गरेको निर्माण व्यवसायीहरुको भनाई छ । यसैबाट घरपरिवार चलाउ“ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित