चित्रकुमार सुवेदी–
मलाई दिनानुदिन
मोटर साइकल सिक्नेले
व्युझाउ“छन्
मार्शल आटका खेलाडी
बिहानै परेड खेल्छन्
घरि फुटबलको जाली चुम्छ
घरि भलिबलले आकाश देखाउ“छ
धेरै भन्दा धेरै
मानछेहरुको भीड वरिपरि
म निर्धक्क हेरिरहेछु
म निर्धक्क बाचिरहेछु
साकेला, लाखे, तामाङ सेलोका
संगिनी, मारुनी र दोहोरीमा
खुब रमाएको छु ।
नेताको चर्को भाषण पचाएको छु
पहिरोले तान्दै, खुम्चिदै गरे पनि
धेरै ठूला–ठूला मान्छेहरुसंग
नजिक भएको छु
खेल बचाएको छु
संस्कति जोगाएको छु
माइला लामासंग
सिंगो मुलुक रुदा
म पनि धुरु–धुरु रोएको छु
घरि रङ्गीलामा नाचेको छु
घरि जितमा हासेको छु
जे होस्
मैले नदेखेको कोही छैन
मैले नभोगेको केही छैन
सबै सहेको छु
र त
अहिलेसम्म अडेको छु
मेरो एउटै आशा,
मजस्तै सहन सक्ने
हाम्रो देशको नेता भए
क्या गजब हुन्थ्यो गाठे !
प्रकाशित मिति २०७६ फागुन ५
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित