बाँदरलाई हानेको बन्दुक लागेर खोटाङमा एक जनाको मृत्यु

  • प्रकाशित मितिः भदौ 30, 2083
  • 111 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ३०–खोटाङमा बाँदरलाई हानेको बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी गोपीमा भदौ ३० गते दिउसो करिब पौने २ बजेतिर बाँदरलाई हानेको बन्दुक लागेर स्थानीय ५३ वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
वडाअध्यक्ष इखबहादुर राईका अनुसार स्थानीय ५४ वर्षीय भलबहादुर तामाङले हानेको भरुवा बन्दुकले लागेर तामाङको मृत्यु भएको हो । भरुवा बन्दुक सहित भलबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित