राजनराज सिवाकोटीले अतिथि नचाए

  • प्रकाशित मितिः फागुन 5, 2076
  • 2140 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ५–‘कुटुमा कुटु सुपारी दाना’ गीत गाउदा साझ झमक्क परिसकेको थियो । तै पनि यो गीतमा अतिथिदेखि दर्शकसम्म नाचेर गायक राजनराज सिवाकोटीलाई गाउन हौस्याइरहेका थिए ।
यो प्रसंग दिक्तेलको माटिकारे खेल मैदानमा भइरहेको खोटाङ महोत्सवको हो । महोत्सवको तेश्रो दिन चर्चित गायक सिवाकोटीले गोजीमा दाम छैन, चेप्टे–चेप्टे पेरुङ्गा, सुर्के थैली खै, चरी च्याट्ट परी, चिर विर चिर विर चाचरी, यता पनि छैन उता पनि छैन लामकाने बाख्राको जोर पाठा लगायतका झण्डै डेढ दर्जन गीत गाए । उनी लगायत अन्य कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । फागुन १२ गतेसम्म हुने महोत्सवमा गायक राजेश पायल राई लगायत थुप्रै चर्चित गायक÷गायिकाले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित