कमल खत्रीले नचाए

  • प्रकाशित मितिः फागुन ४, २०७६
  • 1654 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ४–कमल खत्री जब स्टेजमा उक्लिए तब दर्शकले तालीले स्वागत गरे । त्यसपछि ‘जाउला रेलैमा...’बाट गीत सुरु गरे कमलले । उनको यो गीतले धेरैको भावना पग्लियो । थुप्रैको मन कुडियो ।
चोखो माया“, तिमी मेरो पहिलो माया“, म गीत हो तिम्रो, माया“को अर्थ बुझ्न चाहन्छु, तिम्रो आत्ममा म छु कि छैन, कोरेर प्रेम पत्र लगायतका दर्जनजति गीत गाए । उनको मिठो स्वरलाई दर्शकले नाचेर अझ गाउन हौस्याइरहे । खोटाङ उद्योग वाणिज्य संघले दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको खोटाङ महोत्सवको अवसरमा फागुन ३ गतेको प्रस्तुति हो ।
लोकप्रिय गायक कमलको स्वर धेरैले सुनेको तर उनलाई नदेख्नेहरु केहीबेर सेल्फीमा समेत व्यस्त रहे । कमलको साथमा बबिता गुरुङले समेत प्रस्तुति दिएकी थिइन् । यसबाहेक स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । राजेशपायल राई लगायतका अन्य थुप्रै नाम कमाएका सांस्कृतिक प्रस्तुति आगामी फागुन १२ गतेसम्म हुन आयोजकले जनाएको छ । फोटो : सन्जीव राई

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित