खोटाङ महोत्सव सुरु

  • प्रकाशित मितिः फाल्गुन २, २०७६
  • 1034 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको माटिकोरेमा फागुन २ गतेदेखि खोटाङ महोत्सव सुरु भएको छ । खोटाङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव आगामी फागुन १२ गतेसम्म हुने छ ।
महोत्सवमा स्थानीय राडीपाखी, अल्लो, ढाका लगायतको स्टल राखिएको छ । यसबाहेक अन्य जिल्ला बाहिरका थुप्रै स्टल समेत राखिएका छन् । स्थानीय भन्दा अन्य ठाउ“का स्टल बढी भएकाले अर्थतन्त्रमा यसले असर गर्ने देखिन्छ । यसप्रति आयोजक गम्भिर नभएको स्थानीयको आरोप छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक समृद्धिको बाटोमा लम्किसकेको बताएका छन् । खोटाङ महोत्सवको उद्घाटनमा सुक्रबार दिक्तेल आएका राईले संघीय संरचना निर्माणपछि जनताले सहज अनुभूति गरेको बताएका हुन् ।
राईले सडकको सुविधाले मात्र जनतालाई नपुग्ने भएकाले विजुली, खानेपानी, सिंचाइ, रोजगारी, गुणस्तरीय स्वास्थ्य, सुशासन लगायतको समेत खा“चो हुने बताए । मुख्यमन्त्री राईले स्थानीय, प्रदेश र संघीय सरकारबाट सञ्चालित योजनाहरु जनता आफ्नै भएकाले सबैले ध्यान दिनु पर्ने औल्याए । यसले मात्र गुणस्तरीय विकास सम्भव हुने राईले सुझाए । राईले पर्यटन वर्ष २०२० का लागि चीनको कोरोना भाइरस, दामनमा भारती पर्यटकको मृत्यु लगायतका कारण प्रतिकुल बनेको राईले बताए ।
राईले खोटाङको दिक्तेलस्थित माटिकोरेस्थित रङ्गशालाका लागि आवश्यक बजेटका लागि आश्वासन दिए । तर यसका लागि सम्वन्धित नगरपालिकाले पनि समपूरक रकम व्यवस्था गर्नु पर्ने राईले जनाए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खोटाङका लागि संघीय, प्रदेश सरकारको बजेट तथा कार्यक्रमहरु पर्याप्त भएको दाबी गरे । यसले सरकारले केही गरेन भन्नेहरुका लागि नाजवाफ बनाएको भट्टराईले तर्क गरे । प्रदेशसभा सदस्य राजन राईले खोटाङको विकासका लागि पर्यटन प्रबद्र्धन नै मुख्य आधार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले महोत्सवको सफलताको कामना गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित