खोटेहाङ गाउँपालिकाको बजेट ३० करोड

  • प्रकाशित मितिः असार २९, २०७५
  • 1402 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार २९–सडकलाई प्राथमिकतामा राखेर खोटेहाङ गाउँपालिकाले झण्डै ३० करोडको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम असार २८ गते पारित गरेको हो ।
बिहिबार आयोजित गाउँसभाले निशर्ततर्फ केन्द्र सरकारबाट आएको १५ करोड २९ लाख र प्रदेश सरकारबाट प्राप्त भएको ३३ लाख तथा सशर्ततर्फ १४ करोड ३१ लाख बजेट बिनियोजन गरेको गाउँपालिका प्रमुख प्रदीप राईले बताए । गाउँसभाको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका हुन् ।
गाउँसभाले निशर्त अनुदानमध्येबाट पुँजीगततर्फ १० करोड ७४ लाख ९० हजार पाच सय र चालुतर्फ चार करोड ७१ लाख ६३ हजार पाच सय रुपैयाँ बजेट बिनियोजन गरेको गाउँपालिकाका प्रवक्ता शिव फुयाँलले बताए । पूँजीगततर्फको बजेटबाट सबैभन्दा बढि बजेट सडक निर्माणका लागि बिनियोजन गरिएको छ ।
सडक निर्माण सम्बन्धी ठूला आयोजनाका लागि एक करोड ८० लाख ७७ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाले गाउँपालिका, वडा कार्यालय र विद्यालय भवन निर्माण, सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराईले गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई फलदायी बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित