खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकामा खोप अभियान सुरु

  • प्रकाशित मितिः फाल्गुन १, २०७६
  • 1507 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटाङ, फागुन १–जिल्लाको दक्षिणी भेगका तीन गाउ“पालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–७ भानु प्राथमिक विद्यालयमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले फागुन १ गते उद्घाटन गरेका हुन् ।
यसका साथमा दक्षिणी भेगका खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकामा खोप अभियान सुरु भएको हो । खोटेहाङमा भएको पहिलो दिनको खोप अभियानमा २२ जना बालबालिकाले दादुरा रुबेला खोप लगाएका छन् । उक्त कार्यक्रममा खोटेहाङ गाउ“पालिका उपाध्यक्ष कविता राई, नेकपाका नेता राजन बन्जरा, वडा नं ७ का वडाअध्यक्ष शिवप्रसाद फुयाल, प्रमख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, निर्वाचन प्रमुख कोपिला राई लगायतको उपस्थिति थियो । नौ महिनादेखि पा“च वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप दिइन्छ । खोप ९ गतेसम्म सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित