‘नगरपालिका समृद्धको लयमा’ : नगरप्रमुख

  • प्रकाशित मितिः फाल्गुन १, २०७६
  • 1469 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १–नगरपालिका अब समृद्धितिर लम्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालल बताएका छन् । फागन १ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी भौतिक, शैक्षिक र स्वास्थ्य, सामाजिक विकास लगायतका गतिविधिले समृद्धिको लय समातेको बताएका हुन् ।
नगरप्रमुख रिजालका अनुसार दिक्तेल बजार ढलानका लागि पा“च करोडको टेन्डर भइसकेको र क्रमागत रुपमा विकास हुदै जाने छ । माटिकोरे खेलमैदानको डिपिआर सकिएको र यसका लागि करिब चार करोड ९७ लाखको हाराहारिमा बजेट आवश्यक परेकाले अनुदान माग गरिएको समेत रिजालले सुनाए । दिक्तेल–दुम्ली सडक (दुई करोड), हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक (२७ करोड) निर्माणको चरणमा रहेको रिजालले जनाए ।
नगरपालिकालाई पूर्ण रुपमा अर्गानिक बनाउ“ने उद्देश्यले नगरपालिकाको वडा नं २ सोल्मामा सुरु कम्पोष्ट मल उत्पान अन्तिम चरणमा पुगेको नगरप्रमुख रिजालले बताए । उनका अनुसार फागुन २ गतेबाट परीक्षण उत्पादन सुरु गरिने छ । केही दिनपछि आधिकारिक रुपमै उद्घाटन गर्ने योजना बनाइएको रिजालले भनाई छ ।
यसबाहेक वडा नं १, २, ४, ६, ७, ८, ९, १०, ११, १२, १३ र १५ गरी ११ वटा वडा कार्यालय यसै वर्षबाट निर्माण सुरु गरिने छ । यसका लागि प्रत्येक वडामा ६० लाख रुपैया“ खर्च हुने छ । हरेक वडामा एउटा–एउटा विद्यालय निर्माण गरिने छ । उक्त विद्यालय भवनका लागि ३५ लाख रुपैया“का दरले खर्च हुने नगरप्रमुख रिजालले सुनाए । त्यस्तै वडा नं २, ४ र ८ मा स्वास्थ्य भवन निर्माण गरिने छ । यसका लागि ३८ लाख रुपैया“का दरले खर्च हुने छ ।
त्यस्तै दिक्तेल बृहत खानेपानी आयोजना लगायतका योजनाहरु पनि धमाधम निर्माणाधीन अवस्था रहेको रिजालले खुलाए । अपाङ्गता र जेष्ठ नागरिक शिविर (जालपा), शैक्षिक गुणस्तर कार्यक्रम (कालिका मावि खार्मी र सरस्वती मावि पाथेका) लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको रिजालको भनाई छ ।
माघ २९ गते सम्पन्न नगर कार्यपालिकाको बैठकले सात वटा महत्वपूर्ण कार्यविधि पारित गरेको समेत रिजालले सुनाए । उनका अनुसार कक्षा–८ परीक्षा नियमावली, एफ. एम. रेडियो सञ्चालन कार्यविधि २०७६, मेलमिलाप कार्यविधि, विपत् व्यवस्थापन कार्यविधि २०७६, प्रसुति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि पहिलो संशोधन कार्यविधि २०७६, मर्मत संभार कोष सञ्चालन कार्यविधि २०७६ र नगरशिक्षा कार्यविधि २०७६ पारित गरिएको रिजालले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित