बेथेको फाइदा

  • प्रकाशित मितिः माघ २७, २०७६
  • 1186 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २७–अब बेथेसाग रोप्ने बेला हो यो । प्राय जताततै हुने यो साग स्वास्थ्यका लागि निक्कै नै लाभदायक छ । बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिदैन। साथै, मृगौलामा पत्थरी हुन पाउ“दैन। आमाशयलाई बलियो बनाउ“छ । बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ ।
भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउ“न पनि बेथे लाभदायक हुन्छ । पिसाब, मुत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्वन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ । बेथे उमालेको पानीले कपाल पखाल्दा जुम्राबाट मुक्ति पाइन्छ । यसो गर्दा कपाल समेत स्वस्थ बनाउ“छ ।
कपालको प्राकृतिक रंग यथावत् रहन्छ । मुत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग हुन्छ ।  यसबाहेक बेथेले अन्य उपयोगी काम पनि गर्छ । 
तौल घटाउन मद्दत गर्छ :
प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउ“छ यस कारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटिन हुन्छ । यसले तौल घटाउ“न सहयोगी हुन्छ ।
रक्तचाप कम गर्छ : 
बेथेमा ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसले कोलेस्ट्रल, सुजन र रक्तचापसंग प्रभावकारी ढङ्गबाट लड्छ र मुटु स्वस्थ राख्छ ।
शरीरमा रगत बढाउ“छ :
औषधिका रुपमा बेथेको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउ“छ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा झोलको रुपमा गर्नुपर्छ ।
क्यान्सरको रोकथाम :
एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दत गर्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउ“छ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।
पाचनमा सहजता : 
ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउ“नमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल (दिशा)लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउ“ने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका बिरामीलाई दिइन्छ ।
पिसाबमा जलन :
पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रबृद्धि हुन्छ र जलन ठिक हुन्छ ।
रक्त बवासीरः 
रक्त बवासीर वा मूत्र (पिशाव)मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर सर्बत बनाएर लगातार पिएमा ठिक हुन्छ ।
प्रतिरक्षा प्रणाली बोलियो :
ऐमरैन्थको एउटा अर्काे स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण प्रतिरक्षा प्रणाली कमजोर छ भने बेथे सागको प्रयोगले राम्रो गर्छ ।
स्तनको आकार बढाउन :
महिलाहरुले आफ्नो स्तन बढाउ“न चाँहेमा अरहरको दालसंग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हु“दैन यो पनि पकाउ“नुपर्छ ।
इनर्जी बुस्टरः 
केही सब्जीहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएकाले क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।
कपाल फुल्ने र सेतो हुन रोक्छ ः यदि तपाईको कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना)मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
पत्थरीलाई फाइदा गर्छ :
पत्थरी भएको छ भने बेथेको साग नियमित सेवन गर्दा राम्रो गर्छ ।
श्रोत: एजेन्सी

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित