'गरिमा घट्दो छ'
- प्रकाशित मितिः माघ २७, २०७६
- 1018 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ २७–प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले खोटाङमा माघ २५ गते आयोजना गरेको ‘नागरिकको नजरमा मिडिया र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले केही पत्रकारहरुले सन्तुलन गुमाएको बताएका छन् । एउटा पार्टीाको प्रचारात्मक समाचारलाई प्राथमिकता दिने र विपक्षी पार्टीको खेदो खन्ने प्रवृत्तिले पत्रकारिताको गरिमा घटाइरहेको बताएका हुन् ।
नेकपाका नेता एवं पूर्वसांसद टंक राईले पत्रकारिता अझै पनि विश्वसनीय बन्न नसकेको बताए । ‘पत्रकारले नकारात्मक समाचारमा मात्र जोड दिइरहेको छ । सकारात्मक विषयलाई पनि चर्चामा ल्याउनु पर्छ ।’ पूर्वसांसद राईले भने–‘मिडिया संयमित र सुसंस्कृत हुन सकिरहेको छैन, राष्ट्रपतिलाई पनि तिमी भन्नु उपयुक्त होइन ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले एकथरि पत्रकारले सही लेख्ने गरे पनि अर्काथरि पत्रकारले गलत मनसायले समाचार लेख्ने गरेको गुनासो गरे। यस्तै नेपाली कांग्रेसकी नेतृ डिल्लीकुमारी आचार्यले पत्रकार दलको कार्यकर्ताकै शैलीमा देखिनु दुःखद भएको बताइन् । समाजवादी पार्टीका अध्यक्ष टंक थापाले सत्तापक्षले पत्रकारितालाई आफू अनूकुल बनाउ“न खोज्दा गहन पत्रकारिताको अभाव खड्किएको बताए । राष्ट्रिय युवा संघका सहसंयोजक शरद राईले पत्रकारितामा राजनीति घुसेपछि पत्रकारिताको ‘वेट’ घटेको औंल्याए ।
अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई लाखौं जरिवाना भर्ने कानून मान्य नहुने बताए । मासिक १८ हजार रुपैया“ तलव नपाउ“दा आत्महत्या गर्नु पर्ने देशका पत्रकारलाई समाचार लेखेकै आधारमा लाखौं रुपैया“ दण्ड जरिवाना जायज नभएको बताएका हुन् ।
‘पत्रकारले कमजोरी गरे कारबाही गर्नु पर्छ तर तलव नपाउ“दा पत्रकार मरिरहेको अवस्थामा उसैलाई लाखौं दण्ड जायज हो ?’ कार्यबाहक अध्यक्ष श्रेष्ठले भने–‘कानून सर्वस्वीकार्य हुनुपर्छ। सफा मनले कानून ल्याइए एक रुपैया“ जरिवाना पनि मान्य हुन्छ ।’ श्रेष्ठले पत्रकारले अरुमाथि औंल्या ठड्याउने तर असनको सा“ढेजस्तो हु“दा पत्रकारिता बदनामित भएको बताए ।
यस्तै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले समाचार लेख्ने पत्रकारलाई ज्यानमारा सरहको सजाय मान्य नहुने बताए । प्रेससम्बन्धी कानुन दण्डै दण्डबाट ठिक लगाउ“न सकिन्छ भन्ने मनोविज्ञानबाट आएको महासचिव बिष्टले बताए ।
फोटो : किशोर श्रेष्ठको फेसबुकबाट