खोटाङका दिपेश एशियाकै अब्बल साबित

  • प्रकाशित मितिः माघ २४, २०७६
  • 1978 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, माघ २४–खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय दिपेश परियार ‘मिस्टर एशिया इन्टरनेशनल–२०२०’ घोषित भएका छन् । चितवनमा माघ २२ गते सम्पन्न ‘मिस्टर एशिया’मा उक्त उपाधि कब्जा जमाएका हुन् ।
मञ्जरी नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा ११ देशका सहभागीलाई पछि पार्दै एशियाकै अब्बल सावित भएका हुन् । उनले ‘मिस्टर ह्यान्सम’, बेष्ट इन स्वीम’ र किङ्ग अफ ¥याप वाक’ गरी तीन सबटाइटल लगायतको उपाधि चुमेका थिए । उक्त प्रदर्शनीमा फष्ट रनरअप ताजिक्तान, सेकेण्ड रनरअप थाइल्याण्ड र मिस्टर एशिया टुरिजम फिलिपिन्सले जितेको थियो । विशाल एच आलेले निर्देशन गरेको शोमा जुरी मिस नेपाल २००० उषा खड्गी थिइन् । शोको अफिसियल डिजाइनर रविन परियार थिए ।
(फोटो : दिपेश परियारको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित