ऐसेलुखर्कको बजेट २८ करोड ५६ लाख बढी विनियोजन

  • प्रकाशित मितिः असार २८, २०७५
  • 1650 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २८ –ऐसेलुखर्क गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७५ ÷ ०७६ का लागि २८ करोड ५६ लाख आठ हजार नौ सय ८७ रुपैया“को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार २७ गते भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै पालिका उपाध्यक्ष पुष्पकला भुजेलले यत्तिको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यसअन्तरगत सडक, विद्युत, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतलाई प्राथमिकतामा राखिएको छ ।
गाउ“पालिकासभाले सशर्त अनुदानतर्फ १३ करोड ७० लाख, चालु खर्चतर्फ चार करोड ५१ लाख ४५ हजार, पा“च सय, वडा स्तरमा सञ्चालन हुने पू“जीगततर्फ पा“च करोड ४३ लाख ५० हजार र गाउ“पालिकास्तरमा सञ्चालन हुने पू“जीगततर्फ चार करोड ९१ लाख १३ हजार चार सय ८७ रुपैया“ बजेट बिनियोजन गरेको छ । गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई प्राथमिकता दिदै गाउ“पालिकाले सडकमा पा“च करोड भन्दामाथि, विद्युतमा एक करोड भन्दामाथि, स्वास्थ्यमा करिब ५० लाख, शिक्षामा ५२ लाख र सूचना तथा सञ्चार प्रविधिमा १५ लाख बजेट छुट्याइएको गाउ“पालिकाका कार्यकारी अधिकृत जीवन निरौलाले बताए ।
गाउ“पालिकाको वडा नम्बर १ राखाबाङदेलमा रहेको बाहाने पोखरी, वडा नं. २ वाकाचोलमा अवस्थित देउराली पोखरी, वडा नम्बर ७ माक्पामा रहेको माकिपा मन्दिर र वडा नम्बर ४ जलेश्वरीमा अवस्थित दखम्लुडा“डालाई थप व्यवस्थित गरी पर्यटन प्रर्बद्धनका लागि ३० लाख, खेलकुदमा १५ लाख र कृषिमा ५० लाख करोड बजेट बिनियोजन गरिएको छ । यो पालिकाका सातै वडाका लागि समपुरक कोष (म्याचिङ फण्ट)मा ७० लाख रकम छुट्याइएको छ । महिला लक्षित कार्यक्रममा २० लाख रकम बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित