स्वर्गीय सुमन–
थाहै नदिई
मेरो सितल मनको छहारीमा
आ“धी जस्तै ठोक्किएर
छाया“ जस्तै भाग्न खोज्छौ
किन ह“ ?
मेरो आखा“भरि सजाइएका
बिहानजस्तै
सपनाहरु चोरेर...
बरु †
अझै लैजाउ“
मेरो मुटुको ढुकढुकी
मैले हिड्ने बाटो
मैले ओढेको आकाश
मैले पुज्ने देवता
मैले नियाल्ने हिमाल
मैले पढ्ने किताब
मेरो छातीभरि फैलिएको
देशको झण्डा
मैले टेकेको माटो
यी सबै–सबै लैजाउ“
अनि लेख †
एउटा नया“ युगको
इन्दे्रणी गीत....
तर
कसरी तरेर जान्छौ ?
बगरै बगर बगिरहेको
मान्छेको आ“शु जस्तै
नदीको छालहरु
अझै काटिएको पुलको लठाहरु
फेरिएको छैन
गोली लागेका घरका भित्ताहरु
टालिएको छैन
उस्तै छ
मंगलसेन र खारा
उस्तै छ
कालापानी र सुस्ता
उस्तै छ
लिपुलेक दोधारा
उस्तै छ
मेची र काली
अझै मेटिएको छैन
रातो रगतले कोरिएको
साइनबोर्डहरु
अझै भेटिएको छैन
पाठशाला जादा जा“दै
बेपत्ता भएको
सिरान घरे काकाको छोरा
दिनहु“ बाटो हेरिरहन्छ छोरा आउ“ने
आशमा
चौताराहरुले पारी आउ“दै गरेको
बटुवालाई हेरे जस्तै
सिरान घरे काकी....
र पनि
किन नलजाएको
यो भूगोलको माटोसंग
बाटो बनाउ“दै हिड्छु भन्नेहरु
समाज परिवर्तन गर्छु भन्नेहरु
देशलाई समृद्घ गर्छु भन्नेहरु
अझै ब्युझिएको छैन
सिंहदरबार भित्र
वर्षौदेखि देशको रगत चुसेर
निदाएका छन्
स्यालजस्तै सिंहहरु....
त्यसैले अझै लैजाउ“
मेरो पाखुराबाट चोरेर
कैलाश पर्वत उचाल्न सक्ने
हनुमानको तागत
अनि
मेरो आ“खाभरि सजाएका
बिहान लेख्ने अनमोल सपनाहरु
अनि लेख
प्रत्यक अखबारको हेड लाइनमा
अब बस्दैन चराहरु
हुलाकी दिनलाई पर्खिएर
किनकि
चराहरु आगो ओकल्न सक्छ ।
प्रकशित मिति २०७६ माघ २०
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित