अब सोल्मामा कम्पोष्ट मल 

  • प्रकाशित मितिः माघ १३, २०७६
  • 2155 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण रुपमा अर्गानिक बनाउ“ने उद्देश्यले सुरु गरिएको कम्पोष्ट मल उद्योग अन्तिम चरणमा पुगेको छ । उक्त नगरपालिकाको वडा नं २ सोल्मामा निर्माणाधीन उद्योगको मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल उत्पादन सुरु हुने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार यो महिनाको अन्तिमसम्म कम्पोष्ट मल उत्पादन सुरु हुने छ । यसका लागि विद्युत बाहेक सबै संरचना निर्माण भइसकेको छ । विद्युतको पोल, तार ट्रान्सफर्मर लगायतका सबै सामानहरु तयार गरी जडानको काम भइरहेको नगरप्रमुख रिजालले बताए । ‘विद्युतको काम सकिने साथ मल उत्पादन सुरु हुन्छ ।’ नगरप्रमुख रिजालले भने–‘यो महिनाको अन्तिमसम्ममा मल उत्पादन सुरु भइसक्ने छ ।’
नगरपालिकाले आगामी पा“च वर्षभित्र नगरक्षेत्रलाई पूर्ण रुपमा अर्गानिक बनाउ“न यो योजना सञ्चालन गरेको हो । आगामी पा“च वर्षभित्र नगरक्षेत्रलाई पूर्ण रुपमा अर्गानिक बनाउ“न यो योजना सञ्चालन गरिएको नगरप्रमुख रिजालले बताए । ‘आगामी पा“च वर्षभित्र लक्ष्यका साथ यो योजना सुरु गरिएको हो ।’ 
यसका लागि नगरपालिकाको एक करोड २१ लाख ६९ हजार रुपैया“ लगानी भएको छ । ब्यापारिक केन्द्र दिक्तेल बजारको फोहर सङ्कलन तथा अन्य ठाउ“बाट समेत सडेगलेका वस्तु सङ्कलन गरेर मल निर्माण गरिने नगर प्रमुख रिजालले बताए । ‘दिक्तेल लगायतको फोहरलाई सङ्कलन गरेर मल बनाइन्छ ।’ नगरप्रमुख रिजालले भने–‘यसले नगरक्षेत्रलाई सफा र वातावरणमैत्री पनि बनाउ“छ ।’
यो योजनाका लागि काठमाडौंस्थित पर्मा कल्चर समूहले सामग्री ढुवानी र जडानको जिम्मा लिएको हो । चीनमा बनेको उक्त मेसिनले प्रतिघण्टा एक टन कम्पोष्ट मल उत्पादन गर्ने प्राविधिक गणेश सिंकेमनले बताए । उनले भने–‘मलका लागि सडेगलेका वस्तु, गाईभैसी, सौचालयको फोहर नै काफी हुन्छ ।’
कम्पोष्ट मल उत्पादनपछि नगरक्षेत्रमा अर्गानिक अभियान सुरु हुने रिजालले सुनाए । नगरक्षेत्रमा पूर्ण रुपमा अर्गानिक कृषि उत्पादन गरेर विश्वबजारसम्म पु¥याउ“ने लक्ष्य राखिएको रिजालको भनाई छ । ‘अहिले सबै मान्छे अर्गानिक खानामा जोड दिइरहेको छ ।’ नगरप्रमुख रिजालले भने–‘यसलाई अवसरको रुपमा लिएर हामीले उत्पादन गरेको कृषिजन्य वस्तु बजारमा पु¥यायौ भने मात्र पनि नगरक्षेत्रका किसानको आर्थिक उन्नति हुन्छ ।’
त्यसो त नगरक्षेत्र भित्रका थुप्रै वडाहरु अर्गानिक वडा भइसकेका छन् । नगरपालिका वडा नं ९ निर्मलीडाडा“, वडा नं–१० पाथेका, वडा नं ११ खार्मी, वडा नं १२ जालपा, वडा नं १३ नुनथला लगायतका वडाहरु अर्गानिक बनिसकेको नगरप्रमुख रिजालले सुनाए । अब अन्य वडाहरु समेत पूर्ण रुपमा अर्गानिक बन्ने नगरप्रमुख रिजालले सुनाए । मलको विकल्प विना पूर्ण रुपमा अर्गानिक बनाउ“न नसकिने भएकाले कम्पोष्ट मल उत्पादन सुरु गरिएको नगरप्रमुख रिजालले जनाए ।
 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित