समृद्धिको लयमा साकेला गाउ“पालिका

  • प्रकाशित मितिः माघ १२, २०७६
  • 1717 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
मानेभन्ज्याङ(खोटाङ), माघ १२–साकेला गाउ“पालिकाले समृद्धिको मेसो समातेको छ । कृषि, पशु, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत र सडकको विकासले समृद्धिको मेसो समातेको हो ।
कृषिको माध्यमबाट स्थानीय जनताको समृद्धि हासिल गर्ने लक्ष्यका साथ काम भइरहेको गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । विभिन्न वडाहरुमा नमूना कृषि फर्महरु, बाख्रा पालन, बङ्गुर पालन, रा“गा भैसी पालन, कुखुरा पालन, रेन्बोट्राउट, माछा पालन लगायतको माध्यमबाट किसानको समृद्धि हासिल गर्ने योजना बनाइएको अध्यक्ष खड्काले सुनाए । ‘कृषिको माध्यमबाटै समृद्धि सम्भव छ ।’ अध्यक्ष खड्काले भने–‘जनताले अनुभूति गर्ने खालको विकासमा जोड दिइएको छ ।’
यसबाहेक फलफूल खेतीको समेत विकास गर्न योजना बनाइएको खड्काको भनाई छ । उनका अनुसार कागती, कफी, नास्पाती, चिया लगायतको नर्सरी समेत बनाइएको छ । विभिन्न पकेट क्षेत्र बनाएर फलफुल, माछा, किवी खेती सुरु गरिएको कृषि विकास शाखाका संयोजक गणेश राईले बताए ।
यसअन्तरगत उक्त पालिकाको वडा नं २ रतन्छाका स्थानीयले माछा उत्पादन समेत सुरु गरेका छन् ।यहा“का करिब १५ सय घरधुरीले व्यवसायिक माछा पालेका हुन् । पछिल्लो समय पछिल्लो समयमा व्यवसायिक रुपमा माछा पालन सुरु गरिएको वडा अध्यक्ष उन्नत राईले बताए । पानीको श्रोत प्रसस्त भएकाले व्यसायिक रुपमा माछा पालन गर्न सहज भएकाले युवाहरुले समूह बनाएरै माछापालन सुरु गरिएको वडाअध्यक्ष राईले सुनाए । उनी समेत माछापालनमा होमिएका छन् । उनले आफनै घरमा तीन वटा माछा पोखरी बनाएर माछा पालन सुरु गरेका हुन् । उनले एउटै पोखरीबाट एक पटकमा ९० किलो माछा निकालेर बिक्री गरेको अनुभव सुनाए । 
माछा पालनबाट राम्रौ आम्दानी हुने भएपछि यहा“का १३ जना युवाहरुले एलेलेमा पौरखी माछा पालन कृषक समूह स्थापना गरेर एक वर्षदेखि व्यवसायिक माछापालन सुरु गरेका छन् । उनीहरुले पालेको माछा विक्री गर्ने बेला भएको छ । एउटै माछा करिब एक केजीको हाराहारीको भएको माछा पालन समूहका सचिव सन्तराज राईले बताए । उनीहरुले सप्तरीको फत्तेपुर मत्स्य विकास केन्द्रबाट माछाको भूरा ल्याएर सुरु गरेका हुन् । उक्त ठाउ“बाट ७० हजार भूरा ल्याएर व्यवसायिक माछा पालन सुरु गरेको राईले सुनाए । रतन्छाबासीको माछा पालनप्रति जा“गर देखिएपछि गत वर्ष साकेला गाउ“पालिकाले दुई लाख ५० हजार माछाका भूरा ल्याएर वितरण गरेको गाउ“पालिका अध्यक्ष खड्काले सुनाए । 
यसबाहेक वडा नं १ बा“झेच्यानडाडा“मा कागती, वडा नं २ रतन्छामा नास्पाती, वडा नं ३ खिदीमामा चिया र किवी, वडा नं ५ मात्तिममा कफी पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइएको अध्यक्ष खड्काको भनाई छ । यसका लागि किसानलाई विशेष अनुदान र प्राविधिक ज्ञान उपलब्ध गराएको अध्यक्ष खड्काले सुनाए । यसले किसानको आर्थिकस्तर उक्सने खड्काको भनाई छ ।
स्थानीयको आर्थिकस्तर उकास्नका लागि उद्योग विस्तार सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । उनका अनुसार अल्लो प्रशोधन उद्योग, डाका उद्योग, राडीपाखी उद्योग लगायतलाई प्राथमिकतामा राखिएको मगरले जनाए । अल्लो प्रशोधनका लागि दश लाख रुपैया“ विनियोजन गरेको मगरले सुनाए । यसले स्थानीयको समृद्धि मिल्ने मगरले सुनाए । 
गाउ“पालिकाले पर्यटन प्रबद्र्धनमा पनि जोड दिएको छ । तावाताल, मपारुङ भीर, टेम्के लगायतको पर्यटन प्रबद्र्धनमा जोड दिएको अध्यक्ष खड्काले सुनाए । यसअन्तरगत तावा तालको डिपिआर सकेर त्यसको वातावरणीय प्रभाव मुल्याङ्कनको चरणमा पुगेको छ । त्यसपछि तावाताल निर्माणको चरणमा प्रवेश गर्ने खड्काले सुनाए । उक्त ताल ५६ करोड ५७ लाखको बजेटमा निर्माण हुने खड्काले सुनाए । उक्त तालका लागि बजेट जोहो भइरहेको खड्काले बताए । 
मपारुङ भीरको डिपिआर निर्माण भइरहेको छ भने मानेभन्ज्याङ–टेम्के पदमार्ग पनि निर्माणाधीन चरणमा छ । उक्त पदमार्गका लागि प्रदेश सरकारको गत वर्ष बीस लाख र यो वर्ष ४० लाख बजेटले काम भइरहेको हो । पदमार्ग यसै आर्थिक वर्षमा सकिने अध्यक्ष खड्काले सुनाए ।
शिक्षा र स्वास्थ्यलाई विशेष प्रामथमिकतामा राखेर काम भइरहेको अध्यक्ष खड्काको भनाई छ । ‘गाउ“पालिकाभरका २८ वटा विद्यालयमा गुणस्तरीय पठन–पाठनका लागि विशेष योजनाका साथ अघि बढिएको छ ।’ अध्यक्ष खड्काले भने–‘बालकालिका भोलिको जनशक्ति भएकाले त्यसै अनुसार उनीहरुको क्षमता विकासमा ध्यान दिइएको छ ।’ 
स्वास्थ्यमा पनि विशेष योजनाका साथ काम भइरहेको अध्यक्ष खड्काको दाबी छ । रोग लाग्नु भन्दा पहिले अपनाउनु पर्ने कुरा र रोग लागिसकेपछि हुने उपचारको बारेमा जनचेतनाका कार्यक्रमहरु भइरहेको खडकाले सुनाए । ‘हामी रोग लाग्नु भन्दा पहिले स्वास्थ्यको बारेमा ध्यान दिदैनौं, लागिसकेपछि मात्र चेत फिर्छ ।’ खड्काले भने–‘यसको बारेमा जनचेतना जगाउ“ने काम भइरहेको छ ।’ खड्काले भने–‘स्वास्थ्यका लागि सबै भन्दा पहिले चेतनाको खा“चो रहेछ ।’ खड्काले गाउ“पालिकाको पा“च वटा वडामध्ये वडा नं–२ रतन्छा, वडा नं–३ खिदीमा र वडा नं–५ मात्तिममा वर्थिङ सेन्टर सञ्चालन भइसकेको र वडा नं–१ बा“झेच्यानडाडा“ र वडा नं–४ माथिल्लो मात्तिममा यो वर्षबाट सुरु हुने छ । 
उक्त पालिकाको सबै वडामा सडक विस्तार भइसकेको छ । यो वर्षबाट कालोपत्रेको चरणमा प्रवेश गरेको खड्काको भनाई छ । उनका अनुसार यो वर्ष साप्सुबाट गाउ“पालिकाको केन्द्र मानेभन्ज्याङ हुदै भोजपुर जोड्ने सडक कालोपत्रेको काम सुरु हुने छ । यसबाहेक अन्य सडकको स्तरोन्नति पनि हुने खड्काले सुनाए । उक्त पालिकाका सबै वडामा यसै वर्षबाट विजुली बल्ने खड्काले सुनाए । ‘यसै वर्षबाट सबै वडा झिलिमिलि हुने छन् ।’ अध्यक्ष खड्काले भने–‘ठेकेदारले ढिलासुस्ती गर्न खोजे तह लगाएरै भए पनि विजुली नबाली भएको छैन ।’
यसबाहेक अन्य विकासका कामहरु पनि धमाधम भइरहेको खडकाले सुनाए । प्रदेश सरकारको योजनाहरु समेत दु्रतगतिमा भइरहेको छ । उनका अनुसार झण्डै दुई दर्जन प्रदेश सरकारको योजना धमाधम भइरहेको छ । उनका अनुसार वडा नं २ रतन्छास्थित दारुलाटार कभर्डहल, मदन भण्डारी स्पोर्टस् हल, विचारी राजनसुर स्मृति भवन र सामुदायिक भवनका लागि दश–दश लाख बजेटको काम भइरहेको छ । उक्त वडामै च्याप्दोम्मा सिचाइ योजना, वाकुर्तुम सिचाइ योजना, बेलिया थोपा सिचाइ योजना लगायतका योजनाको काम भइरहेको छ । 
साकेला गाउँपालिका–४ मानेभन्ज्याङमा चोह्याङ्गा गुम्बा, एकीकृत वस्ती तथा बजार व्यवस्थापन, नौलाखर्क–आहाले–छागेखोला सडक स्तरोन्नति, साकेला गाउँपालिका–३ खिदीमामा तावाभन्ज्याङ शहिद स्तम्भ, रेन्बोट्राउट पालन, साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँमा साप्सुखोला भालुखोप सिचाइ योजना, साकेला गाउँपालिका–४ र ५ मात्तिममा धङ्गेरी केला सिचाइ योजना, हावाखोला नाचिमा सिचाइ कुलो आयोजना, वायम्मा सिचाइ कुलोको काम भइरहेको छ । उक्त योजनाहरू दश लाखदेखि ३२ लाख रुपैया“का भएको खडकाले जनाए ।
यसबाहेक कृषि बाली विज्ञान भवन ३० लाख, साकेला पार्क निर्माणमा एक करोड २५ (क्रमागत), मानेभन्ज्याङ सामुदायिक भवन दुई करोड, चखेवाभन्ज्याङ–मपारुङ–मानेभन्ज्याङ पदमार्ग ५० लाख (क्रमागत), दिक्तेल–साप्सु–मानेभन्ज्याङ–पानधारे सडक पाँच करोड, पिनालाखा स्टील ट्रष्ट पुल तीस लाख, रतन्छा–मात्तिम खानेपानी तथा सरसफाइ योजना ५० लाख रुपैया“ बजेटको काम भइरहेको छ । कात्तिके–सोस्तुम–रतन्छा–बा“झेच्यानडाडा“–चखेवा सडक लगायतको काम पनि भइरहेको खडकाले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित