(कविता) अक्षर

  • प्रकाशित मितिः माघ ५, २०७६
  • 1392 पटक पढिएको
  • संवादताता

नाकारा–
अक्षरसंग खुट्टा हुन्छ
जो निर्धक्क उभिन्छ
बिचारको आर्कमा
र शयर गर्छ
अजेय मुक्तियात्रा
अक्षरसंग हात हुन्छ
जसले समात्छ
शक्तिशाली कलम
र कोर्छ समयको
सुन्दर चित्र
अक्षरसंग आ“खा हुन्छ
र देख्छ उज्यालो सपना
र छुट्ट्याउ“छ सपना,
सौन्दर्य र विभेदका रङ्हरु
महाशय,
अक्षरलाई कमजोर बनाउ“ने प्रयास नगर्नुहोस्
अक्षरलाई कुरुप बनाउ“न नखोज्नुहोस्
अक्षरसित ठट्टा नगर्नुहोस्
महाशय,
अक्षर बेगवान नदी हो–
बगाउ“छ तपाईलाई ।
अक्षर प्राणयुक्त आगोग हो–
जलाउ“छ तपाईलाई ।
महाशय †
अक्षरलाई
जथाभावी नमेट्नुहोस्
मेटिदिन सक्छ
अक्षरले तपाईलाई ।
प्रकाशित मिति : २०७६ माघ ५

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित