नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ३–आगामी फागुनमा हुने खोटाङ दिक्तेल महोत्सवको तयारी तिब्र पारिएको खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ । उसले माघ २ गते पत्रकार सम्मेलन गरी जनाएको हो ।
महोत्सवको नारा ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ उल्लेख गरिएको छ । उक्त नाराका साथ आगामी फागुन २ गतेदेखि १२ गतेसम्म महोत्सव आयोजना हुने छ । महोत्सव सफल र भव्य बनाउन आवश्यक तयारी तिब्र पारिएको उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । ‘जिल्लामा गर्न लागिएको पहिलो र ऐतिहासिक महोत्सब हो ।’ राईले भने–‘यसलाई सफल बनाउन जिल्लाबासीको महत्वपूर्ण भूमिका रहन्छ ।’ राईले थपे–‘महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने छ ।’
दश दिने महोत्सवको अवधिमा करिब एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको बताउ“दै राईले करिब एक लाखभन्दा बढी अवलोनकर्ताले जिल्लाको धार्मिक, सा“स्कृतिक, रमणीय, प्राकृतिकस्थल, मौलिक संस्कृतिको बारेमा जानकारी पाउने बताए ।
खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा दिक्तेल महोत्सवको तयारी गरिएको वाणिज्य संघका महासचिव मनोज बजिमयले बताए ।
दिक्तेलमा सञ्चालन गरिने महोत्सवमा स्थानीय कृषि उपज, जडिबुटी, ह्याण्डीक्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औद्योगिक उत्पादन, बैंक वित्तीय संस्था र सेवा, अटोमोबाईल सवारी साधन, फ्लोरिकल्चर, गार्मेन्ट लगायतका सय भन्दा बढीको स्टल रहने छ । आदिबासी जनजातिको सा“स्कृतिक भेषभुषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, वाल उद्यान तथा विविध मनोरञ्जनात्मक स्टल, जातीय खानाका मौलिक परिकारको विक्री तथा प्रदर्शनी लगायत महोत्सवको प्रमुख आकर्षण हुने वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ध्रुब श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे– खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १–जिल्ला अद... ... ...
नमस्ते खोटाङ संवाददाता– मानेभञ्ज्याङ (खोटाङ) पु... ... ...
सविना अछामे–खोटाङ, पुस २९–विद्यार्थी विरामी प... ... ...
सविना अछामे–खोटाङ, पुस २८–अब लेखा परीक्षणको का... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित