सर्प (कविता)

  • प्रकाशित मितिः पुष २५, २०७६
  • 1296 पटक पढिएको
  • संवादताता

चित्रकुमार सुवेदी–
काली नागको ठाउ“मा–सेती नाग
अंनन्तो नागको ठाउ“मा–तक्षक नाग
अनि राजा बासुकी नाग
उ यथावत
अनि उर्दि ग¥यो
अव तपाईहरु ढुक्क हुनुहोस्
कसैलाई सर्पले टोक्दैन
खालि खुट्टा हिडे पनि हुछ
झाडीमा पसेनी भो
जंगलमा बास बसेनी भ्ँँे
आढारमा वस्तु पालेनी भो
पर्खालमा डेरा हालेनी भो
अव,
सर्पले टोक्दैन
अन्त्य भयो सर्पहरुको राज्य
जिब्रो उही छ
विष उही
टोकाई उही छ
डसाई उही
दुलो उही छ
हिडाई उही
आखिर सर्प न हो
कालो भए पनि–
सेतो भए पनि
कलिर भए पनि–
कर्कट भए पनि
एउटा सर्प निकालेर
अर्को सर्प हाल्दैमा
केही परिवर्तन हुदैन
सा“च्चै,
सर्प राज्य हटाउने भा
राजा सर्पको जिब्रो थुत्नु पर्छ
त्यो धेरै विषालु छ
टोक्छ,
टोक्ने भन्दा बढी बोल्छ
बोली विष भन्दा खतरनाक छ
डर लाग्छ
कतै यो देश
सर्प नै सर्पको त हुदैन ?
प्रकाशित मिति २०७६ पुस २५

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित