धुरीमा किन हुच्चील बासिरहन्छ ? (कविता)

  • प्रकाशित मितिः पुस 25, 2076
  • 2119 पटक पढिएको
  • संवादताता

नाकारा–
ओ प्रिय !
हाम्रो घरको बलेसीमा
किन सधै लडेर मृत्यु भइरहन्छ घामको ?
न जुन झुल्किन्छ टह–टह
न तारा फुल्छ झिलिमिलि
हाम्रो घरको संघारमा
किन हत्या भइरहन्छ विहानीको ?

म हैरान छु ।

बुवा जाग्दै हुदैन
जा“ड खाएर सराप्न थालिहाल्नु हुन्छ
आमा ब्युझिनै हुदैन
सुर्ति च्याप्दै धिक्कार्न थालिहाल्नु हुन्छ
न नरम–करम मिलाएर अंश दिनु हुन्छ
न सबैको चित्त बुझाएर राख्नु हुन्छ
घरमा
न त त्यही घरमा
सुन्दर कोठाहरु निर्माण गर्न चाहनु हुन्छ
के भएको हो प्रिय हाम्रो घरमा ?

तल्लाघरे जेठा
घरको भित्ता लात्तले हान्दै हिड्छ
माथ्ला घरे ठूले रमिता हेरिरहन्छ
हाम्रो घरको भूगोल
यत्रो विधि
किन हिरिक–हिरिक भइरहेको छ ?
आ“गनको सिमाना
किन फत्र्याक–फत्र्याक परिरहेको छ?

जेठी दिदी
खाली घा“टी मात्र कोरलीरहनुहुन्छ
घरकै दाइ
पाखुरी मात्र सुर्केको मात्र देख्छु
कान्छो भाइ
छानो उधार्न खोज्छ
कान्छी दिदी
कच्कच् सहन नसकेर
निस्किएकी वर्षौ भयो ।

ओ प्रिय
किन यस्तो विधि हैरान छ
हाम्रो घरमा ?
दिनभरिको थकान, तनाव र रटान भुल्न विश्रान्तिको थलो पो हो त घर !

म दोष कसलाई दिऊ ?
घरको मुलीलाई ?
–घर चलाउ“न जानेन भनेर ?
या आफैलाई ?
–आफैं सच्चिन सकिन भनेर ?
चा“डो जवाफ खोजौं प्रिय
हाम्रो घरको धुरीमा सधैं हुच्चिल किन बासिरहन्छ ?
प्रकाशित मिति २०७६ पुस २५

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित