पौरखी शशीकला

  • प्रकाशित मितिः पुष २४, २०७६
  • 1419 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, पुस २३–उज्यालो हुने बितिक्कै शशीकला राईलाई कामको चटारो सुरु हुन्छ । करेसाबारीभरि तरकारी खेती, खोरभरि सुगुर र बाख्रा पालन लगायतका अन्य कृषि पेशाले शशीकला राईलाई भ्याई नभ्याई हुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४२ वर्षीया शशीकला राईले एक दशक अघिदेखि नै यो पेशा सुरु गरेकी थिइन् । २०६२ सालदेखि कृषिमा लागेकी शशीकलाले २०७३ सालमा मात्र आधिकारिक रुपमा फार्म दर्ता गरेकी हुन् । 
सुरुमा करिब चार लाख लगानी गरेको राईले सुनाइन् । यसबाट अहिले मनग्गे आम्दानी सुरु भएको राईले जनाइन् । अहिले खर्च कटाएर वार्षिक पा“च लाख बचत हुने राईले बताइन् । ‘सुरुमा चार लाख लगानी भएको थियो ।’ राईले भनिन्–‘अहिले सबै खर्च कटाएर वार्षिक पा“च लाख बचत हुन्छ ।’
राईले यसै पेशाबाट चार जनालाई पढाएको सुनाइन् । यसमध्ये एक छोरालाई कक्षा १२ सम्म, एक छोरीलाई जेटिए, एक देवरलाई सव ओभरसियर र अर्का देवरलाई कक्षा १२ सम्म यसै पेशाले धानेको बताइन् । भनेजस्तो आम्दानी भएपछि जीवनभर यसै पेशा अपनाउ“ने सोच बनाएकी राईले सुनाइन् । ‘यो पेशाप्रति सन्तुष्ट छु ।’ राईले थपिन्–‘भविष्यसम्म यो पेशा अपनाउ“ने सोच बनाएकी छु ।’
सुगुर  पालन व्यवसायको सुनिश्चितताका लागि बीमा समेत गरेकी छन् । ‘पेशा अपनाउ“दा धेरै कुरामा ध्यान दिनु पर्ने रहेछ ।’ राईले सुझाइन्–‘त्यसैले सुगुरको बीमा गरेकी हु“ ।’ 
यसै पेशाबाट दिक्तेलमा घर बनाउ“नुका साथै काठमाडौंमा घडेरी समेत जोडेको राईले बतँइन् । श्रीमान (लोकेन्द्र राई) को प्रेरणाले यो पेशा सफल भएको उनी बताउ“छिन् । ‘श्रीमानको प्रेरणाले यो पेशा सफल भएको हो ।’ राई भन्छिन्–‘श्रीमतीको सफलताका लागि श्रीमानको पनि मुख्य भूमिका रहदो रहेछ ।’
शशीकला राई जनप्रतिनिधि पनि हुन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय चुनावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङबाट वडा सदस्यमा विजयी भएकी हुन् । उनले कृषि पेशा संगसंगै राजनीतिलाई पनि अगाडि बढाइरहेकी छन् । हरेक जनप्रतिनिधिहरुले अथवा नेताहरु आत्म निर्भर भए मात्र जनताको सेवा गर्न सक्छ भन्ने यसले सिकाएको छ । शशीकलाका श्रीमान पनि कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् । यसअघि उनका श्रीमान लफ्याङका सभापति थिए । शशीकला राईको यो उदाहरणीय कामबाट जो कोहीले सिक्नु पर्ने आवश्यकता छ । शशीकला राईलाई  सफलताको हार्दिक शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित