कृषि उपकरण वितरण

  • प्रकाशित मितिः पुष २०, २०७६
  • 1497 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २०–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई खोटाङले किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
जिल्लाका दश कृषक समूहलाई हाते ट्याक्टर, कर्न टेलर (मकै छोडाउने मेसिन), ज्याप प्लान्टर (मकै रोप्ने मेसिन), वेट ब्यालेन्स् (तौलिने मेसिन) र प्रशोसनका लागि कम्बाइन मिल (कुटानी पिसानी मेल) ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख ध्रुवकुमार कार्कीका अनुसार यो पहिलो र दोश्रो चौमासिक कार्यक्रम अन्तरगत परियोजनाको सात लाख र किसानको सात गरी १४ लाख बराबरको उपकरण वितरण गरिएको हो । तेश्रो चौमासिक कार्यक्रम अन्तरगत पनि औजार वितरण गरिने कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित