सविना अछामे-
खोटाङ, पुस २०–खोटाङ दलित उद्यमी सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभाले मिलन चाहारलाई अध्यक्ष चुनेको छ । पुस १९ गते खोटाङ उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न साधारण सभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा पर्शुराम विश्वकर्मा, अर्का उपाध्यक्ष रामकुमार हिङ्माङ, सचिव दीपक ठटाल, सहसचिव गङ्गा विश्वकर्मा, कोषाध्यक्ष भरुमाया“ मुग्रातीलाई छनौट गरेको हो । त्यस्तै सदस्यहरुमा लालबहादुर विश्वकर्मा, हर्कबहादुर विश्वकर्मा, कोपिला परियार, हरिबहादुर विश्वकर्मा, अनिता विश्वकर्मा, विक्रम लकान्द्री, रमेशकुमार परियार (आरके) छनौट भएका छन् । त्यस्तै सल्लाहकारहरुमा चर्चबहादुर विश्वकर्मा, गीता शंकर, खगेन्द्र राई, रमेश परियार (मोते), नैनबहादुर विश्वकर्मा छनौट भएको छ ।
साधारण सभामा एघार लाख आठ हजार शेयर पूजी प्रस्तुत गरिएको छ । यसको कुल नाफा ८० हजार प्रस्तुत गरिएको छ । जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य रस्मी रमाइली, खोटाङ उद्योग वाणिज्यका उपाध्यक्ष तुङ्ग कालिकोटे, नेपाल निर्माण व्यवसायी संघ खोटाङका महासचिव खगेन्द्र राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाताखोटाङ, माघ ११–कुरिलो स्व... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ८–संसद विघटनको विरोधमा ... ... ...
सविना अछामे–खोटाङ, माघ ७–खोटाङका दमन राई लगायत... ... ...
सविना अछामे–खोटाङ, माघ ७–दिक्तेल रुपाकोट मझुव... ... ...
Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित