तामझामले ‘भ्रमण वर्ष २०२०’ सुरुवात

  • प्रकाशित मितिः पुष १७, २०७६
  • 1977 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तामझामका साथ 'भ्रमण वर्ष २०२०' सुरु गरेको छ । पुस १६ गते अर्थात १ जनवरी २०२० का दिन नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको रत्नपार्क किरातचौकस्थित डिक्स्प्ले सहितको प्रवेशद्वार उद्घाटन गरेर विधिवत रुपमा भ्रमण वर्ष २०२० को सुरुवात गरेको हो ।
नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राईले किरातचौकस्थित बनाइएको प्रवेशद्वारमा रिवन काटेर उद्घाटन गरेका हुन् । सरकारले सन २००९ सालमा निर्माण गरेको पर्यटन गुरुयोजना अनुसार सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेको थियो । नेपाल भ्रमण बर्ष २०२० लाई अत्याधिक पर्यटन भित्रयाउने वर्षका रुपमा सफल बनाउ“न सरकारले घोषणा गरेको छ । यसै अभियानलाई सफल बनाउन कार्यक्रम गरिएको नगरप्रमुख रिजालले बताए ।
उक्त कार्यक्रममा नगरपालिका भित्र रहेका ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरु समावेश भएको व्यानरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नगर प्रमुख रिजालले सवारी साधनहरुमा समेत राखेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सरकारी, गैर सरकारी निकायका प्रमुखहरु सहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित