जेष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क यातायात

  • प्रकाशित मितिः पुष १७, २०७६
  • 1294 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १७–जिल्लाको साकेला गाउ“पालिकाले अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा दिलाएको छ । गाउ“पालिकाका सबै वडाका अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराएको हो ।
गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार उक्त गाउ“पालिका वडा नं–१े बा“झेच्यानडाडा“, वडा नं–२ रतन्छा, वडा नं–३ खिदीमा, वडा नं–४ मात्तिम र वडा नं–५ मात्तिममा भएका ‘क’ र ‘ख’ वर्गका अपाङग र जेष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा मिलाइएको हो । खड्काका अनुसार गाउ“पालिकाभित्रका अपाङ्ग र जेष्ठ नागरिकलाई रसुवा, गाईघाट, दिक्तेल, काठमाण्डौ लगायतका ठाउ“हरुसम्म निःशुल्क यातायात सुविधा दिइएको छ ।
यसका लागि गाउ“पालिका र यातायात व्यवसायी बीच संझौता गरिएको छ । उक्त गाउ“पालिकासंग खोटाङस्थित खोटाङ यातायात प्रालिले गत सुक्रबार संझौता गरेको हो । सम्झौता अनुसार प्रालिको बसमा चढेका सम्वन्धित व्यक्तिहरुको परिचय पत्र हुनु पर्ने, बसका कर्मचारीले उनीहरुकोे परिचयपत्र नम्बर सहितको टिकट पालिकामा बुझाएपछि प्रालिलाई भुक्तानी दिने लगायतको संझौता छ । उक्त यातायात सुविधाका लागि जेष्ठ नागरिक र अपाङ्गलाई परिचय पत्र समेत दिइएको अध्यक्ष खड्काले सुनाए ।
खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङका अनुसार रसुवा, गाईघाट, दिक्तेल–काठमाण्डौ गरी एक सय वटा बसहरु प्रालिको मातहतमा सञ्चालन भइरहेको छ । साकेला गाउ“पालिकामा नौ सय १३ जना ज्येष्ठ नागरिक र तीन सय चार जनामध्ये ‘क’ वर्गका ३१ र ‘ख’ वर्गका ६७ गरी ९८ जनाले निःशुल्क यातायात सेवा पाउ“ने महिला तथा बालबालिका विकास शाखा संयोजक निर्मला रिजालले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित