मृगौला कसरी बचाउने ?

  • प्रकाशित मितिः पुष ७, २०७६
  • 1490 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ७–मृगौला हाम्रो शरिरको एक अति नै महत्वपूर्ण अङ्ग हो । हाम्रो शरीरमा दुई वटा मृगौला कम्मर माथि मेरुदण्डको दुई तिर सीमीको आकारमा रहेका हुन्छन् । २४ घण्टामा दुवै मृगौलाले जम्मा १२० लिटरदेखि १५० लिटरसम्म रगत छान्दा छन् भने त्यो मध्ये २ लिटर जति पिसाबको रुपमा शरीरबाट बाहिरन्छ र बा“कि पुन : अवशोषित हुन्छ । शरीरमा उत्पादित विजातीय पर्दाथ, अनावश्यक पर्दाथ र औषधिहरु पिसाबको रुपमा बाहिर पठाउन मृगौलाको ठुलो भूमिका हुन्छ । यस बाहेक पनि मृगौलाका निम्न कार्यहरु छन् :
१) रेनिन नामक हर्मोनको उत्पादन गर्नु– जसले रक्तचापलाई नियन्त्रित गरिरहेको हुन्छ ।
२) लवण, खनिज तथा जल तत्वको सन्तुलन मिलाउनु ।
३) रक्तचाप, तापमान नियन्त्रित गर्नु ।
४) अम्ल–क्षारको सन्तुलन मिलाउनु ।
५) शरीरको आन्तरिक वातावरण सन्तुलन राख्नु इत्यादि ।
आजभोलि विभिन्न कारणले गर्दा मृगौला सम्बन्त्रि रोग तथा रोगीको संख्यामा वृद्घि भैराखेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा कुल जनसंख्याको दश प्रतिशत जीर्ण मृगौला रोगबाट प्रभावित छन् । प्रत्येक वर्ष विश्वमा १४ लाख व्यक्तिले मृगौला रोगबाट प्रत्यारोपण गराइरहेका हुन्छन् भने यो संख्या हाल आएर वार्षिक ८ प्रतिशत बढेको छ । यो उपचार महंगो भएकाले उच्च आयदर भएका र विकसित देशहरुमा नै यो उपचार अधिक संख्यामा भैरहेको देखिन्छ । नेपालमा मासिक कम्तीमा २५०० जनालाई मृगौला सम्बन्धि रोग देखा परेको देखिन्छ ।
मृगौलासम्बन्धी रोगका कारण :
१) हानिकारक रासायनिक पदार्थको अन्धाधुन्ध प्रयोग गरिएका खाद्य वस्तुको अधिक सेवन ।
२) अत्यधिक मात्रामा दुखाइका औषधि (पेन किलर औषधि) को प्रयोग ।
३) बढ्दो उच्च रक्तचाप, मधुमेह जस्ता रोगको प्रयोग गरिने केमिकल औषधिहरुको लामो समय सम्मको ।
४) एन्टिबायोटिकको अत्याधिक प्रयोग ।
५) मृगौलाको संक्रमण तथा यसको समयमै उपचार नहुनु ।
यस्ता कारणबाट मृगौलाको जीर्ण रोग लाग्न गएमा र सोको उपचार समयमै नभएमा मृगौला फेल हुने सम्भावना हुन्छ । निरन्तर डाइलासिस वा मृगौला प्रत्यारोपणबाट मात्र बा“च्न सक्छ ।
लक्षण :
१) अनुहार र आ“खाका डिल सुन्निनु शरीर सुन्निनु ।
२) मृगौलाको जा“मा वा रगतमा युरिया, क्रियटिनिन जस्ता तत्व वा एल्वुमिनको मात्रा बढी देखिनु ।
३) पिसाबको मात्रा, गन्ध, रङ, स्वरुपमा परिवर्तन हुनु ।
रोकथाम/बच्ने उपाय :
१) दिनभरिमा पटक–पटक र थोर–थोर गरी प्रसस्त मात्रामा पानी पिउनुपर्छ ।
२) टाउको दुख्यो भन्दैमा वा सामान्य विरामीमा समेत जथाभावी आफ्नै इच्छाले दुखाइका औषधी वा एन्टीबायोटिकहरु प्रयोग गर्नु हुदैन ।
३) मधुमेह वा उच्च रक्तचापमा यथासम्भव स्वास्थ्यकर्मीको परामर्शमा जडिबुटी तथा आयुर्वेद औषधीको प्रयोग गर्नु पर्छ ।
४) रासायनिक तत्व प्रयोग नगरिएका खाद्य पदार्थको प्रयोग गर्नु पर्छ ।
५) सकेसम्म सन्तुलित आहार, उचित व्यायाम, सक्रिय जीवनचर्या इत्यादिद्वारा मधुमेह, उच्च रक्तचापजस्ता रोग आउन नदिनेतर्फ सचेत हुनु पर्छ ।
६) मृगौला रोग लाग्दै नदिन नियमित रुपमा सुगर, पिसाव, युरिया, क्रियटिनिन आदि परीक्षण गराउ“नु पर्छ ।
सन्दर्भ श्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित