गन्तव्यको केन्द्र विन्दु बन्दै भुलभुले

  • प्रकाशित मितिः असार २७, २०७५
  • 1527 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार २७–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको भुलभुले पर्यटनको केन्द्रविन्दु बन्न थालेको छ । धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासमा तीर्थालु आउन गरेका हुन् । 
तीन दिनसम्म मेला लाग्ने भुलभुलेमा खासगरी साउने हरेलोको दिन धामीझाँक्रीको घुइचो लाग्ने गर्दछ । भुलभुलेमा यलम्बरको मूर्ति, बुढानिलकण्ठ, सात धारा, असला माछा आकर्षणको केन्द्रविन्दु मानिन्छ । कहिलेकाहि“ रातो माछा समेत देखिने स्थानीयको भनाई छ । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुलेमा पछिल्लो समय दैनिक एक सय ५० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । 
बाह्रै महिना एकैनासको पानी बग्ने यो भुलभुलेमा जलशिकारी र सातकन्यदेवीको पूजाअर्चना गरिन्छ । जमिनमुनिबाट भुल्भुल् उम्रिने पानीले नुहाएमा रोग पखालिने जनविश्वास रही आएको छ । भुलभुलेमा आउने तीर्थालुले शान्तिको प्रतिक परेवा उडाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वासमा पूजापाठ गर्ने चलन छ ।यहा“ प्रेमीप्रेमिकाहरुले आपसमा गरेको प्रेमले पूरा होस् भन्ने कामना समेत गर्छन् । नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलबजारबाट यातायातका साधनमा करिब आधाघण्टामा पुगिन्छ । यहा“ आउने तीर्थालु बढ्न थालेपछि आसपासमा होटल तथा पसलहरु पनि थपिन थालेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने यो भुलभुले पर्यटन विकासको सम्भावना बढेको छ । यसको समग्र विकास गर्दै पर्यटन प्रबद्र्धन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वर्षमा ३५ लाख बजेट विनियोजन गरेको छ । यो रकमले धमाधम काम भइरहेको देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित