कभर्ड हल उद्घाटन

  • प्रकाशित मितिः पुष २, २०७६
  • 1370 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, पुस २–जिल्लाको दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कवर्डहल उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर तामाङले उद्घाटन गरेका हुन् ।
उक्त बहुउद्देश्यीय कवर्डहल एक करोड ६० लाख ३६ हजार नौ सय २९ रुपैया“ खर्च भएको छ । यसमध्ये दिक्तेल रुपाकोट मझुवागढीको नगरपालिकाको एक करोड तीन लाख तीन हजार एक सय तथा जनसहभागिताबाट जम्मा भएको ३७ लाख ३३ हजार आठ सय २० रुपैया“ र विभिन्न निकायको श्रमदान २० लाख गरी यत्तिको बजेट खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताए । उक्त हल ८१ फिट लम्बाई, ५७ फिट चौडाई र ३५ फिट उचाईको छ ।
उक्त हल २०६८ सालमै सुरु गरिएको थियो । बजेट अभावका कारण निर्माण थलिएको उक्त हलले करिब झण्डै नौ वर्षपछि पूर्णता पाएको हो । जिल्लामा खेल क्षेत्रको विकास गर्न एउटा बहुउद्देश्यीय कवर्डहल अति आवश्यक रहेकाले लामो समयसम्म अलपत्र अवस्थामा रहेको कवर्डहल निर्माणमा सहयोग गरिएको नगरप्रमुख रिजालले बताए । ‘कवर्डहल अभावमा यसअघिसम्म जिल्लामा एउटा पनि इण्डोर गेम गर्न सकिएको थिएन ।’ नगरप्रमुख रिजालले भने–‘आगामी दिनमा फुटबल र क्रिकेट बाहेक सबै किसिमको गेम गर्न मिल्ने गरी कवर्डहल निर्माण गरिएको हो ।’ 
बहुउद्देश्यीय कवर्डहलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबर्दी, डण्डीबियो, सितोरियो कराते, तेक्वान्दो लगायतका प्रतियोगिता गर्न सकिने छ । खेलकुदका कार्यक्रमसंगै जिल्लामा विभिन्न संघ संस्थाले आयोजना गर्ने आमसभा, गोष्ठी तथा सेमिनार, बैठक समेत गर्न मिन्नेगरी एक हजार बढी मानिस अट्ने क्षमताको बहुउद्देश्यीय कवर्डहल निर्माण गरिएको हो । यो हलमा कम्तिमा चार सय दर्शक अट्न सक्ने उपभोक्ता समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित