पर्यटन प्रबद्र्धनमा जोड

  • प्रकाशित मितिः मंसिर ३०, २०७६
  • 1151 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ३०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भ्रमण वर्ष २०२० मा पर्यटक भित्राउ“ने लक्ष्य लिएको छ । नगरक्षेत्रभित्र पर्ने रुपाकोट, मझुवागढी, कालिका भगवती, बद्धेश्वरगुफा, एलम्बरपार्क, भुलभुले, रुवालुङ झरना, साप्सुढाप लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्दै पर्यटन भित्राउ“ने योजना बनाएको हो । 
यसका लागि हलेसी आउ“ने तीर्थालुलाई नगरक्षेत्रमा पर्ने  धार्मिक तथा पर्यटकीयस्थलहरुसम्म ल्याउने योजनाका साथ हलेसीमा सूचना डेस्क् राखिएको छ । त्यसको उपलब्धि भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले बताए । यद्यपि कति पर्यटक आए भन्ने विवरण चाहि“ नभएको ढकालले सुनाए ।
दिक्तेलमा पाहुनाहरु आए पनि खानपान, बास लगायतका समस्या देखिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले बताए । पर्यटन प्रबद्र्धनका लागि दिक्तेलस्थित होटल व्यवसायीहरुलाई तालिम समेत उपलब्ध गराइएको छ । खानपान र पाहुनालाई गरिने सत्कारको विषयमा तालिम दिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । उक्त तालिम खोटाङ उद्योग वाणिज्य ंघसंगको सहकार्यमा गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित