उधौलीको रौनक
- प्रकाशित मितिः मंसिर २७, २०७६
- 1679 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २७–किराती समुदायले मङ्सिर २६ गते उधौली पर्व मनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा उभौली पर्वको अवसरमा साकेला सिली ना“चेका हुन् ।
मङ्सिरे पूर्णीमाको दिन उधौली र बैशाखे पूर्णीमामा उभौली पर्व गरी वर्षमा दुई पटक साकेला सिली ना“च्ने गर्दछन् । उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णीमाको दिनदेखि उधौली पर्व मनाउ“ने चलन छ । त्यस्तै बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली मनाउ“ने चलन छ । उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने संस्कृति छ ।
उधौली–उभौली आफन्तसंगको भेटघाटको अवसरको रुपमा पनि लिने गरिन्छ । साकेला सिली किरातीहरुले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत ना“च्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको किराती अगुवाहरुको भनाई छ ।