चित्रकुमार सुवेदी–
आमा शहिदको
सनोघर चर्किएको
ढल्न लागेको
जाडो महिना
खै सारी
खै चोलो फेरिरहन –
जसरी फेरिरहन्छन अरु
दिनका दिन
नया“ नया“ कपडाहरु
चारभाई छोरा
औषधी नपाएर
उपचार नपाएर
दुईजना – मरेर
एउटा जीवित छ
जो आफनो खुट्टामा आफैं उभिन सक्दैन
अब हिड्ने कल्पनै नगरौं
जुन छोरो बाठो थियो
जुन छोरो बाठो थियो
अलि अलि पढेको थियो
लरक्क बढेको थियो ।
मर्यो – उ जनयुद्घमा
समाजको मूक्ति खातिर
हिड्दै गर्दा– खोला किनारमा
उ संग बारुद थिएन
विचार थियो
उनको मनमा पीर छ ।
दिनहु हेर्छिन
तापखोलाको किनार
र
चुहांउ“छिन–आशु
सम्झिएर लक्का जवान छोरो
छोराको साथी भन्नेहरु
छोराले नेता मान्नेहरु
आमा भन्दै छोरासंग आउनेहरु
अहिले बाटोमा हरन बजाउ“छन् भन्छन् ।
को हो लाटी ?
कि आधी“
बाटो छाड बुढी
आमा फेरी
आसु चुहाउ“छिन
एउटा देख्दा सामान्य लाग्ने
गम्भीर प्रश्न छ ।
ओ जनताको महानयुद्घका ड्राइभर
औ जनताको शक्तिका पाइलत
के पाइन शहिदको आमाले
सहि उत्तर आएन भने
तिमी रेष्टीकेट हुनेछौ ।
प्रकाशित मिति : २०७६ मङ्सिर २३
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित