जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु

  • प्रकाशित मितिः मंसिर २१, २०७६
  • 1795 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु भएपछि जिल्लाबासीले सहज रुपमा आ“खाको उपचार पाएका छन् । जालपास्थित स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा सामुदायिक अस्पतालमै आधुनिक उपकरण सहित ग्रामीण आ“खा क्लिनिक सुरु गरिएपछि आ“खा रोगीहरुले सहज रुपमा उपचार पाउ“न थालेका हुन् ।
शनिबार ग्रामीण आ“खा क्लिनिक उद्घाटनको दिन करिब एक सय जनाले आ“खाको उपचार पाएका छन् । तिलगङ्गा आ“खा प्रतिष्ठान, सोलुखुम्बुस्थित जिल्ला सामुदायिक आ“खा केन्द्र र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१२ जालपाको संयुक्त आयोजनामा गरिएको शिविरमा एक सय जना बढीले उपचार पाएको जनसेवा सामुदायिक अस्पतालका अध्यक्ष ध्रुब श्रेष्ठले बताए ।
प्रमुख अतिथिको रुपमा बोल्दै पूर्वसांसद तथा नेकपा स्थायी आमन्त्रित सदस्य टंक राईले यो क्लिनिकलाई सुविधा सम्पन्न आ“खा अस्पतालको विकास गर्ने योजना बनाइएको बताए । यसले ग्रामीण क्षेत्रमा आ“खा रोगले विक्षिप्त बनेकाहरुलाई सहयोग मिल्ने राईले सुझाए । यसका लागि तिलगङ्गा आ“खा अस्पतालले सहयोग गर्ने बचन दिएको समेत राईले जनाए ।
तिलगङ्गा आ“खा प्रतिष्ठानका प्रमुख भगिरथ बानियाले ग्रामीण आ“खा क्लिनिकका लागि आवश्यक जनशक्ति तथा उपकरण सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । बानियाले ग्रामीण आ“खा क्लिनिकका लागि पा“च लाख मुल्य बराबरको आ“खासम्वन्धी अत्याधुनिक उपकरण समेत हस्तान्तरण गरेका छन् । 
कार्यक्रममा केपिलासगढी गाउ“पालिका वडा नं–५ सप्तेश्वरका वडा अध्यक्ष खगेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडा अध्यक्ष रामचन्द्र राई, वडा नं १२ जालपाका वडा अध्यक्ष विकाश राई, रावाबेसी गाउ“पालिका वडा नं ६ हौचुरका वडा अध्यक्ष राजु श्रेष्ठ, सोलुखुम्बुस्थ्ति जिल्ला सामुदायिक आ“खा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेत लगायतले ग्रामीण आ“खा क्लिनिकको सेवाप्रति प्रशंसा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित