गुल्जार बन्दै हरमटार

  • प्रकाशित मितिः मंसिर १६, २०७६
  • 1208 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, मङ्सिर १६–‘न मैले सोचेको थिए, न कसैले सोचेको थियो ।’ रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले भने–‘परिस्थितिले यो ठाउ“लाई सुन्दर बनाई दियो ।’
लामो समयसम्मको केन्द्र विवादपछि रावाबेसी गाउ“पालिकाले आफ्नो केन्द्र हरमटार बनाएपछि खैरते पोखो गुल्जार भएको हो । स्थानीय दश जनाले साडे १४ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएपछि त्यस ठाउ“मा केन्द्र स्थापना गरिएको हो । उक्त ठाउ“ रावाबेसी गाउ“पालिकाको वडा नं–१ कुभिण्डेको हरमटारमा पर्छ । उक्त ठाउ“मा १४ कोठे कार्यालय भवन निर्माण गरी कामकाज समेत सुरु गरिसकेको गाउ“पालिका अध्यक्ष निरौलाले सुनाए । उनका अनुसार उक्त भवन निर्माणका लागि ५६ लाख रुपैया“ खर्च गरिएको हो ।
यसका साथै प्रहरी चौकी, कृषि, पशु, स्वास्थ्य लगायतका विषयगत कार्यसम्पादनका लागि समेत उक्त भवनबाटै काम भइरहेको अध्यक्ष निरौलाले सुनाए । १५ शैयाको अस्पतालका लागि पनि निशुल्क रुपमा जग्गा उपब्ध भइसकेको छ र चालु आर्थिक वर्षै डिपिआर गरेर त्यसअनुसारको अस्पताल बनाउ“ने योजना रहेको अध्यक्ष निरौलाले जनाए । उक्त अस्पतालका लागि स्थानीय पा“च जनाले नौ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । उक्त जग्गा गाउ“पालिकाको केन्द्र नजिकै रहेको अध्यक्ष निरौलाले सुनाए ।
यो ठाउ“मा केन्द्र स्थापना भएपछि होटलहरु समेत खुल्न थालेका छन् । गाउ“गाउ“बाट कामका लागि आउने सर्वसाधारणको सेवा सुविधाका लागि गाउ“पालिका आफैंले होटल सञ्चालन गर्न अनुरोध समेत गर्न‘ परेको अध्यक्ष निरौलाको भनाई छ । छ वटा मात्र वडा रहेको उक्त गाउ“पालिकाको सबै वडामा सडक पुगेको छ । उक्त पालिकाको जनसंख्या भने करिब १३ हजार तीन सय ६९ मात्र छ ।
कर्मचारी समायोजनका कारण आवश्यकता अनुसार कर्मचारी उपलब्ध हुन नसकेकाले सेवा प्रवाहमा समस्या छ । गाउ“पालिकाभरि कृषिमा चार र पशुमा दुई जना मात्र प्राविधिक छन् । वडा सचिव समेत दुई जना मात्र रहेकाले काम गर्न समस्या भएको अध्यक्ष निरौलाले सुनाए । उनका अनुसार वडा नं–२ खार्पा र वडा नं ३ लामीडाडा“का लागि टंक आचार्य र वडा नं–४ डुम्रेधारापानी, वडा नं–५ दुबेकोल र वडा नं ६ हौचुरका लागि शेरबहादुर दाहाललाई खटाइएको छ । 
उक्त गाउ“पालिकामा सात मावि, १२ आधारभूत र १६ वटा प्राथमिक तहको विद्यालय छन् । 
मुद्दाले हैरान ः
उक्त गाउ“पालिकाको नाम र केन्द्र परिवर्तन हुनासाथ मुद्दा खेप्दै हैरान भएका छन् गाउ“पालिका अध्यक्ष लीलानाथ निरौला । आफूले चुनाव जित्नेसाथ सफथपछि गाउ“पालिकाको नाम र केन्द्र परिवर्तनको निर्णय नै निरौलाका लागि अभिसाफ भएको हो । उनले २०७४ असार १८ गते सफत खानसाथ गाउ“कार्यपालिकाको पहिलो बैठकले लामीडाडा“ गाउ“पालिकाको नाम परिवर्तन गरेर रावाबेसी गाउ“पालिका र खार्पा केन्द्रलाई हरमटार सार्ने निर्णय गरेका थिए । उक्त निर्णयकै आधारमा २०७६ पुस २४ गतेको मन्त्री परिषदको निर्णय र २५ गतेको राजपत्रमा नाम र केन्द्र परिवर्तन भएको सूचना जारी हुने साथ मुद्दा दायर भएको निरौलाको भनाई छ । त्यसपछि मुद्दा खेप्दै हैरानी ब्यहोर्नु परेको निरौलाले सुनाए । अहिले पनि उक्त मुद्दाले किनारा पाइसकेको छैन । यद्यपि हरमटारबाटै कामकाज गर्नु पर्ने अदालतको अन्तरिम आदेश भएकाले त्यसैआधारमा हरमटारबाटै काम काज भइरहेको निरौलाले सुनाए । 
बैकलेसम्म टेरेन ः
रावाबेसी गाउ“पालिकाको केन्द्रमा बैंक समेत नहुदा कामकाजमा समस्या आएको छ । उक्त गाउ“पालिकाको केन्द्रमा रहेने गरी सेन्चुरी कमर्शियल बैंकले कारोबार सुरु गर्ने भनिए पनि लामीडाडा“मा केन्द्रित भएकाले अपायक हुदा सेवाग्राहीलाई मार परेको अध्यक्ष निरौलाले सुनाए । बैंकका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरिएको अध्यक्ष निरौलाको भनाई छ । केन्द्रमा बैंक नभएपछि दिक्तेल धाउनु पर्ने वाध्यता रहेको निरौलालाको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित