शिवकला राई विजयी

  • प्रकाशित मितिः मंसिर १५, २०७६
  • 1234 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, मङ्सिर १५–साकेला गाउ“पालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भएकी छन् । तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मुत्युपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएकी हुन् ।
शनिबार राती सम्पन्न मत गणनाको परिणाम अनुसार खसेको सात सय ९८ मतमध्ये शिवकलाले तीन सय ९१ मत र सुक्रबहादुरले तीन सय ७४ पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले बताए । मुख्य निर्वाचन अधिकृत आचार्यका अनुसार समाजवादी पार्टी नेपालका उम्मेदवार रमेश राईले १५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत मात्र प्राप्त गरेका छन् । निर्वाचनमा १७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख कोपिला राईले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित