सपना र गन्तव्य

  • प्रकाशित मितिः मंसिर १२, २०७६
  • 1427 पटक पढिएको
  • संवादताता

डाइमण्ड राई
हो ऊ बरडा“डे साइला
कति कुध्छौ हो हतार–हतार
उधारो सपनाको भारी बोकेर
आफ्नै धोती खुस्केको पनि
थाहा नपाउ“ने गरी ।

कुनै ज्यानमारा ब्वाँसोले लखेटेजस्तो
स्याँ–स्याँ र फ्या“फ्या“ गर्दै
एकोहोरो भागेको भाग्यै छौ
केका लागि हो यति साह्रो हतार ?
कस्को लागि हो यो धपेटी ?

आऊ बसौं चौतारीमा थाक्यौ होला
पसिना पुछ आफ्नै दौराको फेरले
शितल तापौं
यो बुढो बर–पिपलको
प्यास् मेटाऊ–यही ढुङ्गे धाराको पानीले
पारी सल्लाघारीबाट आ’को
बिशुद्ध ’अर्गानिक’ हावा खा“दै
बात मारौं एकै छिन्
आखिर हाम्रो गन्तब्य, जो एउटै छ भने
आऊ एकै छिनअर्थ खोजौं बा“च्नुको
गहिराई खोतलौं जीवनको ।
तल्लो घरको नरे अरब पस्यो
आमाको चोली टाल्छु भनेर
एक धार्नी मासु खादा परेको
बाको ऋण तिर्छु भनेर
हो अरब पस्यो नरे
तोतेबोली मात्र फुटेका
ती रहर लाग्दा लालाबालाको
सुन्दर भबिष्य कोर्छु भनेर
तर फर्कियो नरे कफिनमा
आफ्नै लासको उपहार बनेर ।

सम्मृद्धि खोज्दै–खोज्दै
उहिल्यै देश छोडेको बिर्खे
युरोप अमेरिका पुग्यो रे
जुन तारा झार्छु भन्थ्यो त्यो
आफ्नो माया“लुको नाममा
ताजमहल खडा गर्छु भन्थ्यो
पैसाले खुसी किन्छु भन्थ्यो
दश देश चहार्दा पनि सायद
फेला पारेन क्यार सपनाको रङ्ग
तब त फर्केन बिर्खे अहिलेसम्म ।

यता आमाहरू हरेक सा“झ
लौरोको सहारामा मुस्किलले
आ“गनको डिलसम्म पुगेर
अस्ताउन लागेको
क्षितिजको घामलाई
हत्केलाले छेक्दै
आ“खा बिछ्याउछन् देउरालीसम्म
कतै पर्देशी छोरो आयो की भनेर
बिचरा ती कति ’बा’हरू
ऋणको भारी बिसाउनै नपाई
अनन्त यात्रामा निस्किए ।

त्यसो र साइला अब
हतार नगर। धपेटी नगर
आऊ मार थकाई चौतारीमा
ताप सितल
यही बुढो बर पिपलको
मेटाऊ प्यास्
यही ढुंगे धाराको पानीले
खाऊ एक मुठ्ठी शुद्ध हावा आफ्नै परिवेशको
आखिर सबैको पुग्ने ठाउ“ जो एउटै छ भने
आऊ एक क्षण बात मारौं जीबनको
ढिलो( छिटो होला, बाटो फरक होला
तर पुग्ने ठाउ“ जो–एउटै छ हाम्रो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित