समृद्धिको बाटोमा 

  • प्रकाशित मितिः मंसिर 12, 2076
  • 182 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ,मङ्सिर, १२–जिल्लाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानीको मेसो देखेपछि यसतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको केपिलासगढी गाउ“पालिका, दिक्तेल रुपाकोट मझुवागढी गाउ“पालिका, साकेला गाउ“पालिका लगायतका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । रोपेको करिब तीन वर्षदेखि ५०–६० वर्षसम्म आम्दानी दिने भएपछि आफूहरु यसतर्फ आकर्षित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अगुवा किसान शुभचन्द्र राईले बताए । ‘रोपेको तीन वर्षदेखि करिब ५०–६० वर्षसम्म आम्दानी दिन्छ ।’ राईले भने–‘यतिलामो अवधिसम्म आम्दानी दिने भएपछि किवी खेतीमा लागियो ।’
राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको मुलडाडा“मा करिब ३८ रोपनी जग्गामा किवी खेती गरेका छन् । उनले २०७० सालदेखि किवी खेती गरेका हुन् । उनको कृषि र्फमको नाम शुभ कृषि फर्म हो । उनले यो वर्ष करिव चार हजार केजी उत्पादन गरेका छन् । यसबाट प्रतिकेजी दुई सय ५० रुपैया“का दरले दश लाख रुपैया“ आम्दानी गरेको राईले सुनाए । गत वर्ष पनि १७ सय केजी किवी उत्पादन गरी विक्री गरेको राईले जनाए । यसबाट चार लाख २५ हजार रुपैया“ आम्दानी गरेको राईको भनाई छ । राईले उत्पादन गरेको किवी काठमाडौं, धरान, विराटनगर, इटरी, दिक्तेल लगायतका बजारहरुमा विक्री हुने गरेको राईले जनाए । यसबाहेक कोसेलीको रुपमा फलफूल पठाउ“ने चलन बढेकाले कोसेलीका लागि समेत किवी लैजान सुरु गरिएको राईले बताए । 
राईले किवी खेती मात्र होइन विरुवा समेत उत्पादन गर्छन् । राईले किवीको विरुवाबाट मात्र वार्षिक तीन लाख ५० हजार आम्दानी गर्ने गरेको राईले सुनाए । राईको फर्ममा कृषि विषय अध्ययनर विद्यार्थीहरुले ओजेटी कोर्ष समेत गर्ने गरेका छन् । राईले दुई जनालाई स्थायी रुपमा रोजगारी दिएको सुनाए । यसबाहेक सरस्वती माविका चार जना ओजेटीका विद्यार्थी समेत कार्यरत छन् । उनीहरुले छ महिना ओजेटी कोर्ष गर्ने राईले सुनाए । 
त्यस्तै केपिलासगढी गाउ“पालिका–१ फेदीका किसान धनकुमार राईले पनि किवी खेतीबाट मनग्गे आम्दानी गरेका छन् । उनले यो वर्ष मात्र किवीबाट साडे चार लाख आम्दानी गरेका हुन् । राईका अनुसार १५ सय केजीको प्रतिकेजी तीन सयका दरले साडे चार लाख आम्दानी गरेका हुन् । उनले उत्पादन गरेको किवी केपिलासगढी गाउ“पालिकाको केन्द्र बाक्सिलाबजार, दिक्तेल, धरान, विराटनगर, काठमाडौं लगायतका शहरहरुमा विक्री गरेको सुनाए ।
राईले २०६८ सालदेखि किवी खेती सुरु गरेका हुन् । दोलखाको चरिकोटबाट एक सय बोट किवीको विरुवा ल्याएर सुरु गरेको राईले सुनाए । राईले फाप्लु र किर्तिपुरको वागवाणी केन्द्रमा तालिम लिएर किवी खेती सुरु गरेका हुन् । राईका अनुसार २० रोपनी जग्गामा किवी खेती गरेका छन् ।
राईले पनि किवीको विरुवा उत्पादनबाट समेत राम्रो आम्दानी गरेका छन् । उनले उत्पादन गरेको हेवार्ड र रेड किवीको विरुवाबाट प्रतिवर्ष २६ लाख रुपैया“ आम्दानी गरेको सुनाए । ‘गत वर्ष २६ लाख आम्दानी भयो ।’ राईले भने–‘अब यो वर्षको पुस–माघसम्म २६ लाख आम्दानी गर्ने लक्ष्य लिएको छु ।’ 
उनले उत्पादन गरेको किवीको विरुवा सोलुखुम्बुको फाप्लुस्थित वागवाणी केन्द्र, सोलुखुम्बुका विभिन्न गाउ“पालिकाहरु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम लगायत जिल्लाका विभिन्न पालिकाहरुले विरुवाको माग गरेको राईले बताए । यसबाहेक अन्य किसानले समेत विरुवा माग गरेको राईले सुनाए । केपिलासगढी गाउ“पालिकामा करित दुई सय हाराहारीका किसानले किवी खेती सुरु गरेको राईले बताए । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका किसानले समेत किवी खेती सुरु गरेका छन् । जालपाभीरकुनाका भीमबहादुर राई, रामबहादुर राई, लमर्खुका पवन गुरुङ लगायतले पनि किवी खेती सुरु गरेका छन् । त्यस्तै नेर्पाका पनि युवा नेता गोपाल आचार्य लगायतको समूहले किवी खेती सुरु गरेका छन् । युवा पुस्ता कृषिमा नलागी समृद्धि हासिल नहुने भएकाले यसतर्फ लागेको युवा नेता आचार्यले बताए । यसबाहेक मुढे, दोर्पा, खार्मी, पाथेका लगायतका विभिन्न किसानले किवी खेती सुरु गरेका छन् ।
साकेला गाउ“पालिकाले समेत किवी खेती गर्ने किसानलाई उत्साहित पारेको छ । उसले व्यवसायिक किवी खेतीका लागि कृषि समूह बनाएर सुरु गरेको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । उक्त पालिकाको वडा नं–१ च्यानडाडा“, वडा नं–२ रतन्छा, वडा नं–३ खिदीमा व्यवसायिक किवी खेती सुरु गरिएको हो । यसका लागि गाउ“पालिकाले थाक्रा व्यवस्थापनका लागि चार लाख बजेट विनियोजन गरेको समेत खड्काले सुनाए । 
दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा पनि किवी खेती सुरु गरेका छन् । उक्त पालिकाको डाडा“गाउ“ बोफुल, छितापोखरी, सप्तेश्वरछितापोखरी, टेम्मा लगायतका किसानले किवी खेती सुरु गरेका हुन् । कृषि ज्ञानकेन्द्र खोटाङका प्रमुख दिनेशप्रसाद यादवले भने किवी खेती गर्ने किसानहरु धेरै भए पनि विवरण भने बल्ल लिन सुरु गरिएको बताए ।
किवी खेतीबाट राम्रो आम्दानीको सम्भावनासंग समस्या पनि आइपरेको शुभचन्द्र राईको भनाई छ । किवीको विमा व्यवस्था नहुनु, प्राविधिक ज्ञान अभाव लगायतका कारण समस्या देखिएको राईले सुनाए । ‘राज्यले किवीको विमा व्यवस्था नगर्नुका साथै किसानमा प्राविधिक ज्ञान समेत नहुदा समस्या देखिएको छ ।’ राईले भने–‘हामी भन्छौं एकातिर गर्छौ अर्कोतिर, किसानलाई काइते कुराले हुदैन, राज्यले बुझ्नु पर्छ ।’ 

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित