करको दायरा बढ्दै

  • प्रकाशित मितिः मंसिर १२, २०७६
  • 981 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १२–जिल्लाका विभिन्न पालिकाहरुले कर सङ्कलनलाई तिब्रता दिएको छ । स्थानीय सरकार सञ्चालनका लागि भन्दै क्षेत्राधिकारभित्र पर्ने विभिन्न क्षेत्रमा कर सङ्कलन सुरु गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी गाउ“पालिका लगायतले कर सङ्कलन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामान्य पसलदेखि अन्य विभिन्न क्षेत्रमा कर सङ्कलन सुरु गरेको हो । व्यक्तिगत पसल दर्ता वापत एक सय बीस रुपैया“देखि ५५ सय रुपैया“सम्म कर लिने गरेको छ । त्यस्तै कृषि, सहकारी लगायतका विभिन्न फम तथा उद्योग दर्तँ वापत १६ सय ५० रूपैया“ कर लिने गरेको छ । ढुङ्गा, गिटी, बालुवा लगायतमा पनि कर उठाइएको छ । निजी खानीको बालुवाबाट प्रति ट्रक सात सय, ढुङ्गा प्रति ट्रक छ सय र गिटी प्रति ट्रक १५ सय रुपैया“ लिने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजश्व शाखाका प्रमुख धुण्डिराज पाण्डेले बताए ।
त्यस्तै सार्वजनिक जग्गाबाट गिटी प्रतिट्रक तीन हजार, ग्राबेल गिटी प्रतिट्रक २५ सय, माटो मिसिएको मिनगिटी प्रति ट्रक २१ सय, ढुङ्गा प्रतिट्रक १२ सय, बालुवा प्रति ट्रक २१ सय लिने गरेको पाण्डेले सुनाए । नगरपालिकाले पहिलो नगरसभाले नै आर्थिक ऐन पारित गरेपछि यो दर रेटमा गत साउन १ गतेदेखि कर लिन सुरु गरेको पाण्डेको भनाई छ । यो आर्थिक वर्षको साउन १ देखि असोज मसान्तसम्म २० लाख ५८ हजार आठ सय ६४ रुपैया“ राजश्व सङ्कलन भएको पाण्डेले सुनाए । उक्त नगरपालिकामा १५ वटा वडा छन् ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाले पनि कर सङ्कलनलाई तिब्रता दिएको छ । पसल, उद्योग दर्ता लगायत अन्यमा कर लिन सुरु गरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । पसल वापतको प्रकृति अनुसार पा“च सयदेखि १६ सय ५० रुपैया“सम्म लिने गरेको राईले सुनाए । उद्योग दर्ता वापत सात सय रुपैया“ले कर लिने गरिएको छ । ढुङ्गा, गिटी र वालुवामध्ये वालुवाको मात्र लिने गरिएको गरिएको छ । प्रति ट्रक सात सय रुपैया“ लिने गरिएको नगरप्रमुख राईले सुनाए । ढुङ्गा, गिटीको भने खानी नै नभएकाले राजश्व सङ्कलन नभएको हो ।
रावाबेसी गाउ“पालिकाले भने यातायातमा मात्र कर लिने गरेको छ । रावाबेसी गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाका अनुसार रावाबेसीबाट अन्य ठाउ“ जाने यातायातका साधन वापत कर सङ्कलन गरिदै आएको छ । थापाका अनुसार सुमोबाट ४० रुपैया“, बस एक सय रुपैया“का दरले रकम लिने गरेको छ । ढुङ्गा, गिटी, बालुवा भने बन्द गरिएको थापाले सुनाए । रावाबेसी गाउ“पालिका क्षेत्रबाट ढुङ्गा, गिटी, वालुवा निकासी गरेकाले जिल्ला समन्वय समिति खोटाङले अवैध भन्दै पक्राउ गरेपछि बन्द गरिएको थापाको भनाई छ । अघिल्लो महिना दिक्तेल ल्याउ“दै गरेको नौ वटा ट्रयाक्टर जिल्ला समन्वय समिति खोटाङले पक्राउ गरेपछि बन्द गरिएको थापाले सुनाए ।
खोटेहाङ गाउ“पालिकाले जेसीबी, यातायात, मालबाहक, बजार लगायतबाट कर सङ्कलन गर्ने गरेको छ । राजश्व परामर्श समितिले दुई वर्षअघि नै राजश्व सङ्कलन गर्ने नीति पारित गरेपछि सुरु गरिएको उक्त गाउ“पालिका अध्यक्ष प्रदीप राईले बताए । राईका अनुसार जेसीबीदेखि ट्रयाक्नरसम्मको समेत कर लिने गरिएको छ । प्रतिजेसीबी वार्षिक २० हजार, ट्रयाक्टर पा“च हजार लिने गरिएको राईले सुनाए । पसल, बजार र अन्यमा भने सामान्य लिने गरिएको राईले सुझाए । उनका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १२ लाख, २०७५÷७६ मा १७ लाख पा“च सय र चालु आर्थिक वर्षमा २९ लाख राजश्व सङ्कलन गर्ने अनुमान गरिएको छ ।
ऐसेलुखर्क गाउ“पालिकाले हाटबजारको पसलबाट सामान्य कर मात्र लिने गरेको गाकरको दायरा बढ्दै

ऐसेलुखर्क गाउ“पालिकाले हाटबजारको पसलबाट सामान्य कर मात्र लिने गरेको गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । अन्य पालिकाहरुले भरखर संरचना बन्दै गरेकाले लिने योजना बनाउ“दै गरेको गाउ“पालिका अध्यक्षहरुले बताएका छन् । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले छलफल गरेरै कर व्यवस्था गरिएकाले असहज नभएको बताए । ‘खोटाङको सन्दर्भमा त्यस्तो समस्या छैन ।’ राईले भने–‘परामर्शकै आधारमा करको दायरा तोकिएकाले समस्या नभएको हो ।’
उ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । अन्य पालिकाहरुले भरखर संरचना बन्दै गरेकाले लिने योजना बनाउ“दै गरेको गाउ“पालिका अध्यक्षहरुले बताएका छन् । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले छलफल गरेरै कर व्यवस्था गरिएकाले असहज नभएको बताए । ‘खोटाङको सन्दर्भमा त्यस्तो समस्या छैन ।’ राईले भने–‘परामर्शकै आधारमा करको दायरा तोकिएकाले समस्या नभएको हो ।’

प्रतिक्रिया दिनुहोस

सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित