आहा  ! रुवालुङ

  • प्रकाशित मितिः कार्तिक २४, २०७६
  • 1751 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २४–धार्मिक तथा पर्यटकीय भुलभुले आफैंमा रमणीय छ । त्यसमाथि झनै रुवालुङले त हुरुक्कै पार्छ । माथिबाट एकतमासले छङ्छङ झर्ने झरनामा रमाउ“दै फोटो खिच्न मात्र होइन त्यहा“ रहेको वनझ्याक्री गुफाले अर्को तरङ्ग दिन्छ । त्यसैले यो क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बनेको छ ।
यो क्षेत्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं ६ नेर्पामा पर्छ । यहा“ पुग्न दिक्तेलबजारबाट करिब दश किलोमिटर पूर्वतिर मध्यपहाडी लोकमार्ग पछ्याउ“नु पर्छ । धार्मिक तथा पर्यटकीय भुलभुले आफैंमा रमित लाग्दो छ । यहा“ बुढानिलकण्ठ, एलम्बर, गणेशथान लगायतका धार्मिक स्थल हो । यहा“ रहेको पोखरीमा असला माछाको लावालस्करले पर्यटकको ध्यान तान्छ । यहा“ दर्शन गरी त्यही सवारी साधन पार्किङ गरेर करिब १५–२० मिनेट उकालो हरियाली जङ्गलको पैदल यात्रा पार गर्नु पर्छ । त्यसपछि भरपुर मनोरन्जनको मेसो सुरु हुन्छ ।
करिब ५० फिट अग्लो झरनाले छुट्टै आनन्द दिलाउ“छ । एक आपसमा अङ्कमाल गर्दै फोटो खिच्न तन्नेरीहरु मरिहत्ते गर्छन् । झरनाझैं निर्मल सम्वन्ध कायम राख्न प्रेमी–प्रेमिकाबीच बाचा गरे पूरा हुने स्थानीय राजनसुर राई बताउ“छन् ।
झरना नजिकै पूर्वपट्टी पौराणिक इतिहास बोकेको वनझ्याक्री गुफामा पूजाआराधना गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यहा“ वनझ्याक्री बास बस्ने भएकाले यसको छुट्टै धार्मिक महत्व भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाअध्यक्ष माधव राई बताउ“छन् । यहा“ परापूर्वकालदेखि नै पूजा आराधना गर्ने चलन रही आएको वडाअध्यक्ष राईको भनाई छ । कुलघराना तथा पशुचौपाया फष्ठाओस् भन्ने कामनाका साथ पूजा आराधाना गर्ने चलन पनि रहेको राईले सुनाए । यो आसपास गौथले, गिद्धे लगायतका अनेकौ भीरहरु भएकाले यो क्षेत्रलाई वनझ्याक्रीको चरण मानिन्छ । त्यसैले चोखोनितो भएर यो क्षेत्रको भ्रमण जाने चलन छ ।
पर्यटकको संख्या बढेपछि स्थानीयले यसक्षेत्रको समग्र विकासको योजना समेत बनाएका छन् । स्थानीय लोकेन्द्र राईका अनुसार अहिलेको भुलभुले–रुवालुङ झरनासम्मको पदमार्गलाई विस्तार गरी श्रीधन चौतारा हु“दै शिकुरी भञ्ज्याङ–हर्कटेडाडा“–बगरे भञ्ज्याङसम्म पु¥याउ“ने योजना बनाएका छन् । राईले भने–‘झरना हेर्न आउने पर्यटकलाई भरपुर मनोरञ्जन दिलाउ“न र विभिन्न ठाउ“को दृष्य देख्न सकिने भएकाले पर्यटकीयस्थलहरु पदमार्ग बिस्तार गर्न लागिएको हो ।’
वनझ्याक्री गुफा धार्मिक पर्यटकीय मात्र नभएर पौराणिक हिसावले पनि उत्तिकै महत्वको विषय भएकाले यसक्षेत्रलाई अध्ययन अनुसन्धानको केन्द्रविन्दुको रुपमा समेत विकास गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । यसको महत्वलाई बुझेपछि आन्तरित तथा वाह्य पर्यटकको संख्या बढ्दै गएको नगरप्रमुख रिजालले सुनाए । उनका अनुसार दैनिक हजारको हाराहारीमा आन्तरित तथा वाह्य पर्यटक आउन थालेका छन् । 
यसलाई मध्यनजर गर्दै भ्रमण वर्ष सन २०२० लाई भरपुर उपलब्धिमुलक बनाइने समेत नगरप्रमुख रिजालले सुनाए । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक्षेत्रभित्र पर्ने पर्यापर्यटनको केन्द्रविन्दु रुपाकोट, किरात ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र मझुवागढी, बुइपा एलम्बरपार्क, बगरेभन्ज्याङ ताल तथा पेनटावर लगायतका ११ पर्यटकीय क्षेत्रको विकास गर्ने योजना बनाइएको नगरप्रमुख रिजालले जनाए । हलेसी आउने तीर्थालु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्यको अवलोकन नगरी नहुने अवस्था सिर्जना गर्ने गरी योजना बनाइएको रिजालको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित