...अनि रेला गर्नु मिल्छ ?

  • प्रकाशित मितिः कार्तिक 18, 2076
  • 169 पटक पढिएको
  • संवादताता

भीम राई–
"निष्कपट, निर्दोष, माया“–ममताको खानी शब्दको पर्याय खोजियो भने त्यो भनेको आमा हो । त्यसैले आफ्नै आमाले आफ्नै हातबाट बनाएको रक्सी खा“दा अवैध हुने भन्ने महा जाली भाषा र व्यवहार तत्काल सच्चिनु पर्छ भन्ने मत राख्दछु ।"
किरात सभ्यता हो । इतिहास हो । श्रृष्टिको आदिमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती संस्कार र सँस्कृतिकले पुष्टि पार्छ । इतिहासको तथ्यहरु लेख्य रुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका संस्कारहरुलाई हेर्दा विश्वास गर्न लायक छ । किरातीहरुमा विभिन्न थरगत विविधता छ । यद्यपि यी सबै किरातहरुले मान्दै आएका प्रचलनहरु समान छन् ।
मृत्युमा होस् या जन्ममा, सुःखमा होस या दुःखमा । कुनै शास्त्रमा अनुबन्धित नियम तथा कानुन नभए पनि पहिलेदेखि चलिआएका रीति संस्कारमा अन्य समुदाय जस्तै किरात समुदाय पनि सम्पन्नशाली छ । परम्परालाई रुढीवाद देख्ने नजरका कारण केही त्यस्ता गम्भिर गल्तीहरु भने अवश्य भइरहेका छन् हाम्रो समाजमा । प्रयोगलाई दुरुपयोग गरेकै कारण यसलाई रुढीवाद भनिएको हो । समाजलाई अनावश्यक हो भन्ने तर्क अगाडि सार्ने गरिएको छ । मर्चाको उत्पादनलाई एकापक्ष यो खत्तम हो भनिरहनु र अर्कोपक्षले यो सबैभन्दा उत्तम हो भनिरहनु भन्दा पनि योसंंग जोडिएका केही वैज्ञानिक कारणहरु सहित तर्क गर्दा सान्दर्भिक हुन जान्छ । जस्तो कि किरात समुदायले प्रयोग गर्ने मर्चा (जा“ड बनाउ“ने औषधी) का विषयमा कुरा गरौं । खाद्यन्न अर्थात अन्नलाई उसिनेर मर्चा मोलेर राख्दा जा“ड बन्छ । जा“डलाई उमालेर बनेको बाफ चिस्याउ“दा रक्सी बन्छ । रक्सी खा“दा मान्छेलाई मात लाग्छ । मात लागेपछि अस्वस्था के हुन्छ ? त्यसैले यो खराब हो ।
साधारणतः आम मान्छेले बुझ्ने बुझाउ“ने कुरा यही हो । तर यी सबै प्रक्रियाको सुरुवात गर्ने औषधी मर्चा के हो ? प्रश्न उठाइएको पाइदैन । मर्चा किराती अनुसन्धानको औषधी हो । मुन्दुममा समावेश गरिएको पवित्र जल हो । जसरी हिन्दू धर्ममा सुनपानी तथा गहु“त पानीलाई पवित्र तथा शुद्ध बनाउ“ने जलका रुपमा लिइन्छ । त्यस्तै मुन्दुममा मर्चा प्रयोग गरेर बनाइएको रक्सीलाई पवित्र जलका रुपमा लिइन्छ ।
जन्मपछिको न्वरानमा बच्चालाई यही पवित्र जल खुवाएर शुद्ध पारिन्छ । मृत्युपछि आत्म शान्तिका लागि पितृपुर्खाको साथमा जानका लागि यही रक्सी र जा“ड मुखमा राखिन्छ अनि चिहान अर्थात समाधीस्थल पु¥याइन्छ । यो मौलिक संस्कार हो आदिम संस्कृति हो ।
मानिसका स्वास्थ्यका लागि औषधी हुने कि विष हुने यो प्रयोगका आधारमा हुने गर्छ । कवैज्ञानिक अनुसन्धानले समेत सबै औषधीहरु प्रयोग गर्ने मात्राका आधारमा मात्र औषधी हुन्छ । मर्चा अर्थात जा“डरक्सी सामाजिक हिसाबले यो आत्मीयता जगाउ“ने एउटा पदार्थ हो । मौलिक संस्कृतिको एउटा तत्व हो । किराती सनातन संस्कृतिको नमूना र अभ्यासबाट निर्मित महत्वपूर्ण उपलब्धि हो ।
सामन्यतया ः मर्चा बनाउ“न केही जडिबुटीको प्रयोग हुन्छ । भीर पाखामा पाइने जडिबुटीको धुलो र कोदो या चामलको पिठोमा मोलेर आवश्यक विधि र प्रक्रिया पूरा गरेपछि मर्चा बन्दछ । तर एउटा रमाइलो पक्ष त के छ भने मर्चा बनाउ“न माउ मर्चा अनिवार्य रहन्छ । अर्थात वंश चाहिन्छ । जस्तो अहिले हामी जन्मनुमा बुबाआमा, बुबाआमा जन्मनु बाजेबजु, बाजेबजु जन्मनु उहा“को बुबाआमा जस्ता लामो प्रक्रिया रहेका छन् । यस्तै मर्चा बनाउ“ने कुरामा समेत यही प्रक्रिया रहन्छ । अरु सामग्री बनाएजस्तो तत्काल सुरुवात भएको छैन यसको सीप । यो सीप किरातकालीन सभ्यताबाट विकास हु“दै आएको छ ।
मर्चा बनाउ“ने खोटाङ माक्पाका वृद्धा जीतालक्षी राईले भने जस्तै यो बाजेको बाजे, बाजेको बाजे, बाजेको बाजे र बाजेहरुको पनि बाजेको पालामा बनेको हो । अहिले जजस्ले मर्चा बनाउ“छन् उनीहरुले सबै कच्चा पदार्थ तयार पारेपछि त्यसमा थोरै माउ मर्चा हाल्नै पर्छ । किन भने नत्र कुहुन्छ । त्यो खान लायक बन्दैन ।
सामाजिक हिसाबले भने मर्चाको प्रयोगबाट बनेको उत्पादनलाई राम्रो मानिदैन अहिले । तर यसको प्रयोग व्यापक छ । मादक पदार्थको उपमा दिएर यसलाई प्रतिबन्ध गर्ने प्रयासहरु भइरहेका छन् । तर यी सब प्रयोगकर्तामा भर पर्ने कुरा न हुन् । किरात समुदायले मर्चाको प्रयोग बेगर कसरी आफ्नो संस्कृति धान्न सक्छ ? शुद्ध हुन सुनपानीको सट्टा नुनपानी प्रयोग गर्न मिल्छ र ? पञ्चामृत भनेर पानीमा चिनी घोलेर होला ? त्यस्तै शास्त्रीय हिसाबमा किरात समुदायमा मर्चाको छुट्टै किसिमको महत्व छ । प्रयोगकर्ताले यसलाई दुरुपयोग गर्ने भन्दा बढी संस्कारमा सदुपयोग गर्नु पर्दछ । मान्छे जन्मदा औलामा चुसाएर होस् या मृत्युपछि मुखमा चुहाएर होस् यसको प्रयोग किराती जीवनमा परम्परागत मौलिक संस्कारको रुपमा गरेको पाइन्छ ।
यति मात्र होइन बाहिर प्रकृतिको पूजा गर्दा होस् या घरभित्र पितृपूजा गर्दा होस्, यो अत्यन्त आवश्यक छ । कन्यादान दि“दा होस् या लि“दा होस् यो नभइ हु“दैन । चुलामा पूजा गर्दा होस् या बारीमा पूजा गर्दा यसको आवश्यकता पर्छ । अझ रमाइलो त सामाजिक हिसाबमा केही तलमाथि बिखुचो कसैले गरेछ भने शीर उभ्याउ“ने कुरा या माफी मिनाहा माग्ने कुरामा समेत मर्चा अर्थात यसबाट निर्मित रक्सीको प्रयोग हुने गर्दछ । तर यसको अधिक सेवनका कारण केही तलमाथि नभएका पनि होइनन् ।
पहिले–पहिले किरात तथा आदिवासी मतुवाली समुदायले बाहेक अरुले यसको प्रयोग गर्दैन थिए । बाहुन–क्षेत्री समुदायका लागि यो बर्जित नै थियो । बिस्तारै यसको प्रयोग मतुवालीमा भन्दा तागाधारीमा बढेको छ । रक्सी खाएर अल्कोहलिक भएर बिरामी भएकाहरु पनि प्राय मतुवाली इतरकै भेटिएका छन् । यो किन हुन्छ ?
यसको वैज्ञानिक आधार त नहोला तर तर्क गर्न सकिन्छ । तागाधारीहरुको जिनमा मर्चाको कुनै प्रवेशनै छैन । उनीहरुको शरीरले यसलाई पचाउ“ने क्षमता नै राम्रो विकास गरेको छैन । यो पनि एउटा वैज्ञानिक कारण हुन सक्छ । राज्यले अहिले यसलाई निरुत्साहित गराउ“ने योजना ल्याएको छ । गाउ“–गाउ“मा उत्पादन हुने घरेलु मदिराको नाम दिएर यसलाई नष्ट गर्ने, पोखाउ“ने काममा राज्य लागेको छ । यो एकदमै निन्दनीय छ । हामी समृद्धिको कुरा गर्छौं । बहुराष्ट्रिय कम्पनीको रक्सी खाएर समृद्धिको कुरामा गछौंं । यसले कसरी समृद्धि आउ“छ ?
घरेलु मदिरा उत्पादन गरेर यसलाई विक्री वितरण गरेर जीविकोपार्जन गर्नेहरु नेपालमा निकै छन् । प्रत्येक गाउ“मा मदिरा बन्छन् । स्थानीय मर्चाको प्रयोबाट बनेको मदिरा प्रत्येक गाउ“देखि शहरहरुमा खपत हुन्छ । तर राज्य यसलाई नियन्त्रण गर्छ । गरिबको गा“स खोस्न उद्धत हुन्छ । यसको विकल्पमा यसलाई नियमन गरे हु“दैन ? यसलाई आंशिक करको दायरामा ल्याएर उत्पादन गर्न लगाउ“ने, गुणस्तर मापन गर्ने र विक्री वितरणका नियमहरु बनाएर व्यवस्थित बनाउ“दा राज्यलाई के घाटा हुन्छ ? यसमा स्थानीय सरकारको चेत कहा“ हराएको छ ?
सबैलाई जानकारी नै छ । हाम्रो मुलुकमा मात्र होइन जुनसुकै मुलुकमा समेत मदिराको प्रयोग भएकै हुन्छन् । जति ठूला मान्छे भन्नेहरुले समेत यसको उपभोग गरेकै छन् । सभ्रान्त परिवारको किचन या बैठक कोठामा वहुराष्ट्रिय कम्पनीलाई धनी बनाउ“ने विभिन्न नामधारी रक्सी र जा“ड खाने र खुवाउ“ने काम भएकै छन् । ठूला तारे होटलदेखि छाप्रे होटलसम्म सबैमा आयातित र केमीकलयुक्त रक्सी बिक्री वितरण भइरहेको छ । मदिरा हानीकारक र बन्द गर्ने हो भने विदेशी ब्राण्डका पेय पदार्थहरु किन भित्राउ“न दिने ? आखिर हुस्की, ब्राण्डी, भोड्का, वाइन, बियर आदि जे–जस्तो नामका भए पनि त्यसको काम मात्ने नै हो नि हैन र ? हामीले आफ्नै घरमा बनाएको कोदो, मकैको जा“ड खा“दा गैरकानूनी हुने विदेशबाट आएको रक्सी खा“दा कानुनी हुने हुन्छ र ? हो यहीनेर हाम्रो मुलुक बहुराष्ट्रिय कम्पनीको पक्षमा छ । त्यसैले गरिवमारा, अराष्ट्रवादी भन्दा पनि फरक पर्दैन । 
निष्कपट, निर्दोष, माया“–ममताको खानी शब्दको पर्याय खोजियो भने त्यो भनेको आमा हो । त्यसैले आफ्नै आमाले आफ्नै हातबाट बनाएको रक्सी खा“दा अवैध हुने भन्ने महा जाली भाषा र व्यवहार तत्काल सच्चिनु पर्छ भन्ने मत राख्दछु । यो विषयमा आख्यानकार तथा साहित्यकार (मदन पुरस्कार विजेता) राजन मुकारुङले भने जस्तै ः रेला गर्नु हुन्छ ? हो त्यसैले रेला गर्नु हुन्न तिनै आमाहरु हुर्काएका सन्तानहरुले तिरेको कर खाएर राज्य सञ्चालन गर्नेहरुले ।
(यो लेख कात्तिक १७ गते प्रकाशित रुपाकोट साप्ताहिकबाट साभार गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस


Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित