डाइमण्ड राई-
पहिला पहिला
पार्टी कार्यालय,
सभा जुलुस
र बैठक–भेला
कति पबित्र लाग्थ्यो
र पो मिलाइन्थ्यो त्यहा“
जोड–जोडले
बिश्वासका हातहरु
साटिन्थ्यो
जोशिलो अभिबादनहरु
तर पोहोर पह्रार नै भत्केको हो
त्यो विश्वासको पहाड
बिस्तारै–बिस्तारै
लागेको हो ओह्रालो त्यो जोस र जाँगर
अनि टुटेको हो
त्यो अटल भरोसा पनि
जब पार्टी कार्यालय,
सभा र गोष्टीहरुको
मूल ढोकामा
शालीन् मुद्दामा
स्वागतार्थ भेटिन थाले
दलाल,भष्टाचारी र डनहरु
आजभोलि त झन
बडो डरसरि हिड्ने गर्छु
म त्यो बाटो
सकभर कोही
नदेखियोस् भन्छु
नभेटियोस् भन्छु त्यो सडकमा
किनकि मलाई एउटै डर छ
कतै बलात्कारीसंग पो
हात मिलाउ“नु पर्ला कि
ब्याभिचारीसंग पो
अभिबादन साट्नु पर्ला कि
दिग्मिग दिग्मिग लाग्छ आजभोलि
पार्टी कार्यालय
र वरिपरिको बाटो हिड्दा ।।।
प्रकाशित मिति २०७६ कात्तिक १८
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित